चितवन, २६ भदौः
जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सुचना जारी नभएसम्मका लागी बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
प्रशासनले एक सूचना जारी गरी सम्पूर्ण क्षेत्रहरुमा सो आदेश गरिएको जनाएको छ ।
जिल्लामा हालको समयमा देखिएको घटनाक्रमबाट हुन सक्ने विरोध प्रदर्शन, तोडफोड तथा शान्ति सुव्यवस्थालाई मध्यनजर गर्दै सो आदेश गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
सो आदेश जारी गरिएको क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेशमा उल्लेख छ ।
कर्फ्यूका अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार