२३ भदौ, चितवन
सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले चितवनमा पनि प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय गेट अगाडि विभिन्न ब्यानरसहित प्रदर्शन गरिरहेका छन् ।
‘जनताको पैसा जनताकै लागि’, ‘जनताको पसिना नेताको ऐश होइन’, जनताको आवाज रोकिँदैन कहिल्यै लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।