• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शुक्रबार, भदौ २०, २०८२
☰
शुक्रबार, भदौ २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४. हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ५. गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • ६. चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

  • ७. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ८. विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

  • ९. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • १०. प्रधानमन्त्रीलाई बालेनको आग्रह–लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

भूकम्पको पीडामा भएकालाई वर्षाको कहर

अफगानिस्तान, भदौ २०-
पूर्वी अफगानिस्तानमा भूकम्प गएको चार रात र दिनपछि खान जमान हनाफीले आफूले जिन्दगीमा पहिलो पटक सबैभन्दा खराब अवस्था सहनु परेको बताए। भूकम्पले घरबासबिहीन बनाएपछि खुला आकाशमा रात बिताइरहेका उन र उनजस्तै हजारौं नागरिकको पीडामा यही समयमा आएको वर्षाले नुनचुक छर्ने काम गरेको छ।

पेशाले किसान रहेका ३५ वर्षीय हनाफी र सयौं गाउँलेले आफ्नो गाउँलाई ‘सरकार र सहायता समूहले बिर्सेको’ बताए।

‘पानी परिरहेको छ र पनि हामीलाई खुला ठाउँमा बस्नुको विकल्प छोडिएको छैन,’ आफ्नो गाउँ शेल्टको भग्नावशेषबाट टाढा परिवारसँग मकैबारीमा सुतेका उनले एएफपीसँग भने।

तालिवान सत्तामा आउनुभन्दा पहिले पाकिस्तानबाट आउने र जाने लडाकुहरूका लागि तस्करी मार्ग र करिडोरका रूपमा चिनिने यी उपत्यकाका पहाडमा माटोका घर थिए। ती बासस्थान एकाधबाहेक सबै भग्नावशेषमा परिणत भए। नभत्किएका घर पनि भूकम्पका कारण चर्केर बस्न योग्य छैनन्।

आइतबार राति ६।० म्याग्नीच्यूडको भूकम्प जाँदा ती घर ठूलो मात्रामा ध्वस्त भए।

वनका लागि प्रसिद्ध कुनार प्रान्त भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको छ। यो भूकम्प देशको इतिहासमा सबैभन्दा घातकमध्येको एक थियो।

आइतबारको भूकम्पका कारण अहिलेसम्म दुई हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ भने कैयौं अझै सम्पर्कबिहीन छन्।

‘भूकम्पबाट बढी प्रभावित शेल्टमा ३५० घर र मामा गोलमा ३०० घर थिए, हामीले ६८ वटा मात्र टेन्ट वितरण गरेको सुन्यौं,’ हनाफीले भने।

उनले भने, ‘यो ठाउँ बस्न योग्य छैन, तर हामीसँग कुनै विकल्प छैन। हामी गरिब छौं। हामी चाहन्छौं कि सरकार र सहायता समूहले हामीलाई हाम्रो घर पुनर्निर्माण गर्न मदत गरून्।’

तालिवान अधिकारीले भूकम्पको क्षति व्यापक रहेको भन्दै आफू एक्लैले यसको सामना गर्न नसक्ने कुरा स्वीकार गरिसके।

संयुक्त राष्ट्रसङ्घ र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय सहायतामा तीव्र गिरावट र छिमेकी देशबाट निष्कासित लाखौं आप्रवासीको फिर्तीको सामना गरिरहेकाले उनीहरूको स्रोतको विस्तार भइनसकेको तालिवान सरकारका अधिकारीले बताए।

अधिकारीले भूकम्पबाट नजिकका सहरलाई जोड्न र आवतजावतलाई सहज बनाउन पहिलो चरणमा कुनारको भिरालो जमिनमा बुलडोजर पठाई भूकम्पका कारण भासिएका केही साँघुरो, घुमाउरो सडकलाई जोड्ने काम गरिरहे। यसले आवागमनलाई सहज बनाउने र गाउँमा सहयोग पुर्‍याउन सहयोग हुने विश्वास उनीहरूको छ।

खान सइद देशमाशलाई एक दर्जन घाइते आफन्तसँग हेलिकप्टरबाट उनको गाउँ मिन्जेगालेबाट छिमेकी नान्गाहार प्रान्तको राजधानी जलालाबादको एक अस्पतालमा लगिएको थियो। उनले भने, ‘कच्ची सडकबाट अस्पताल लगिएको भए सायद जीवन रहन्नथ्यो, हवाइ उद्धारका कारण बाँच्न त पाइयो। अब के गरी जीवन जीउनेरु बाँच्ने आधार सबै गुमे।’

कृषि कर्मलाई आफ्नो पेशा बनाएका ४७ वर्षीय देशमाशले भूकम्पमा परी आफ्ना सबै गाई र भेडासहित परिवारका छ जना सदस्य गुमाए।

उनले भने, ‘सबै जना आघातमा परे, यो अराजकता हो। हामी अब सीधा सोच्न पनि सक्दैनौं।’

अब एउटा मात्र कुरा निश्चित छ, देशमाशले भने, ‘अब यी गाउँमा बस्न सम्भव छैन। त्यहाँ अझै पनि पराकम्पन आइरहे, धेरै घर ध्वस्त भए। हामीलाई अन्यत्र स्थानान्तरण गर्न आवश्यक छ।’

तर ३५ वर्षीय अब्दुल आलम नेजामीले आफू आफ्नो गाउँ मसूदमा बस्न चाहेको बताए।

संयुक्त राष्ट्रसङ्घका अनुसार करिब ८५ प्रतिशत मानिस दैनिक एक डलरमा बाँचिरहेका देशमा भूकम्पमा ढलेका वा पहिरो र चट्टानले क्षति पुर्‍याएका सबै कुराको मर्मत गर्न उनीहरूले शून्यबाट सुरु गर्नुपर्नेछ।

‘अवरुद्ध सडक खुलाउने काम भइरहेको छ, फसल पूर्ण रूपमा नष्ट नहोस् धन्नका लागि सिँचाइ कुलो र जलाशयको पनि पुनर्निर्माण गर्न आवश्यक छ,’ नेजामीले भने।

अहिलेका लागि उन आफ्नो तात्कालिक जीवनयापनको स्थितिमा केन्द्रित छन्।

‘दुई–तीन परिवारका लागि एउटा मात्र पाल छ, ठूलो पानी पर्दा चुहिने हुँदा यो ‘अस्थायी घर’मा पनि पीडा हुने गरेको छ,’ उनले भने। उनले थपे, ‘वर्षा रोकिएको छैन, हिजो रातिदेखि फेरि वर्षा भइरहेको छ।’

मजार दारामा पनि भग्नावशेषबाट निकालिएको त्रिपालमा ‘प्वाल छन् यसले हामीलाई वर्षाबाट जोगाउँदैन,’ ४८ वर्षीय किसान जहीर खान साफीले भने।

साफीले भने, ‘हामी पालमा बच्चालाई राख्छौं। उनीहरूलाई पूर्ण ओत पुगेको छैन। तिनीहरूको पनि लुगा भिजे र फेर्नका लागि केही पनि छैन।’ एएफपी

Chitwan Aaja चितवन आज
शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तारेको खानेकुरा छाड्दा स्वास्थ्यमा हुने ६ फाइदा
लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँः प्रधानमन्त्री ओली
०८४ मा एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन, धाँधली हुन दिँदैनौं : प्रधानमन्त्री

ताजा समाचार

सबै

तारेको खानेकुरा छाड्दा स्वास्थ्यमा हुने ६ फाइदा

लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँः प्रधानमन्त्री ओली

०८४ मा एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन, धाँधली हुन दिँदैनौं : प्रधानमन्त्री

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ,प्रतिकिलो रु ६५ मा बिक्री

एमालेको दोस्रो विधान महाधिवेशन सुरु

विद्याको सदस्यताबारे ओली- केही विषय उठेका छन्, विधान महाधिवेशनसँग सम्बन्धित छैन

संसद्को लाइभ बन्द हुने, वैकल्पिक उपाय खोज्दै सभामुख

नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्स् राष्ट्रपति पौडेल

भूकम्पको पीडामा भएकालाई वर्षाको कहर

गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

ब्लक गरियो फेसबुकको वेब संस्करण

आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस मनाइँदै

ट्रम्प किन चाहन्छन् रक्षाको नाम बदलेर युद्ध मन्त्रालय राख्न ?

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

अफगानिस्तानमा फेरि भूकम्प

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४.
    हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ५.
    गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • ६.
    चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.