काठमाडौं, भदौ ६
धादिङमा माइक्रो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
बुटवलबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१-००२ ज ६७६३ नम्बरको माइक्रो शुक्रबार साँझ साढे ६ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ विशालटारस्थित पृथ्वी राजमार्ग सडकमा पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार उक्त माइक्रोमा ११ जना सवार थिए।