४ भदौ, काठमाडौं ।
देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघेको छ ।
गत पुस मध्यदेखि हालसम्म ३ हजार १३० जनामा डेंगु संक्रमण र दुईजनाको मृत्यु भएको छ ।
डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १९८ नयाँ संक्रमित थपिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांकअनुसार बागमती प्रदेशमा ३०३, कोशीमा ४७, गण्डकीमा २९, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।