चितवन, भदौ ३ –
भरतपुरमा एक सुन पसले ३ करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका छन् । भरतपुर महानगरपालिका १० नहर चोकमा रहेको गोरखा ज्वेलर्सका सञ्चालक हितेश सिरपाली पसल छाडेर फरार भएका हुन् ।
विगत ६ महिनादेखि उनले सुन पसल बन्द गरेर फरार भएको भरतपुर महानरपालिका १० का वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिए । उनले करिब ३ करोड ठगी गरेर फरार भएको अध्यक्ष खनालले बताए ।
स्थानीय र घटबेटीले उजुरी गरेपछि सबै प्रक्रिया पूरा गरी वडा कार्यालय र प्रहरीले पसल हिजो सोमबार साँझ पसल खोलेको छ । पसल खोलेर हेर्दा पसलमा सुन राख्ने र्याक बाहेक अरु केही पनि नभेटिएको भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले बताए ।

उनी फरार भएपछि स्थानीयले उजुरी गरेका थिए । चितवन जिल्ला अदालतले २०८२ जेठ ३१ गते हितेश सिरपालीलाई पक्राउ गर्नु भनि चितवन प्रहरीलाई पत्र काटेको थियो । त्यसपछि प्रहरीले उनलाई खोजी गरिरहे पनि अझै पक्राउ गर्न सकेको छैन ।
हितेश त्रिपाठीको सामाजिक सञ्जाललाई हेर्दा उनी अहिले दुबैमा रहेको बुझिएको वडाअध्यक्ष खनालले बताए । उनले फेसबुक र टिकटकमा विदेशमा रहेको तस्विर र भिडियो हाल्ने गरेका छन् । यस विषयमा थप जानकारीका लागि चितवन आज हेर्दै गर्नुहोला ।