नवलपुर, भदौ १-
नवलपुरको मध्यविन्दु नगरपालिका १२ भूपू नजिकै नारायणी नदी किनारमा एक जना बालकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १२ भूपू नजिकै नारायणी नदी किनारमा ९।१० बर्षको जस्तो देखिने पुरुष (बालक) को शव फेला परेको हो । शव सडिगलीसकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो सवा ३ बजेतिर बालकको शव फेला परेको हो । उनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटना स्थल अरुणखोलाबाट ७ किमि उत्तरमा पर्दछ ।
घटना स्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएको प्रहरीले जनाएको छ ।
हिजो मात्रै नवलपुरको कावासोती नगरपालिका १२ पिठौली स्थित नारायणी नदी किनारमा एक जना महिलाको शव सडिगली सकेको अवस्थामा फेला परेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार