चितवन , भदौ १-
नारायणघाट-मुग्लिन सडक पुनः अवरूद्ध भएको छ । तुइनखोला नजिकै फेरि पहिरो खसेपछि सडक पुनः अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकाररी दिएको हो ।
बिहान खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको केहीबेरमा फेरि पहिरो खसेपछि सडक दुईतर्फीरुपमै अवरुद्ध भएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिएका हुन् ।