चितवन, साउन ३०-
नेपाल ढकल समाज प्रतिष्ठान भरतपुर महानगर शाखा कमिटीको प्रथम अधिवेशनबाट आज रामप्रसाद ढकाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै, उपाध्यक्षमा सावित्री कोइराला ढकाल, सचिवमा ऋषिराम ढकाल, सहसचिवमा सुरेश ढकाल, कोषाध्यक्षमा डीलकुमारी ढकाल र सदस्यमा दिनेश ढकाल र उपेन्द्र ढकाल सर्वसम्मत निर्वाचितभएका छन् ।
छविलाल ढकालको सभापतित्वमा सञ्चालन भएको अधिवेशनमा प्रमुख अतिथि नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष सीता शर्मा ढकाल रहेकी थिइन्। उनले अधिवेशनको सफलताको शुभकामना दिँदै ढकालहरूको एकतामा भरतपुर महानगरमा यो समितिले राम्रो कार्य गर्न सफल हुनेछ भनी शुभकामना व्यक्त गरिन् ।
यस अवसरमा नेपाल ढकाल समाज प्रतिष्ठानका सचिवालय सदस्य हरि ढकालले शुभकामना दिदैँ ढकालहरूको एकतालाई कायम राख्दै देवघाटमा बन्न लागेको आश्रममा सबैले सहयोग गरी त्यसलाई पूर्णता दिनुपर्ने कुरामा जोड दिए ।
त्यस्तै प्रतिष्ठानका केन्द्रीय सदस्य एवं चितवन संयोजक नवराज ढकालले प्रतिष्ठानको कारणले आज हामीहरु एकै छानामुनि बसी कार्य गर्न सफल भएका छौं त्यसैले देवघाटको आश्रमलाई हर तरहले सहयोग गरी निर्माण सम्पन्न गर्न यस समितिले सहयोग गर्नेछ भन्ने विश्वास गरे।
प्रतिष्ठानका जिल्ला अध्यक्ष मुक्तिनाथ ढकालले नेपाल ढकाल समाज प्रतिष्ठान भरतपुरले प्रतिष्ठानका हरेक कार्यक्रममा सक्रियतापूर्वक सहभागी भई सफल भएकोमा धन्यवाद दिए र आगामी दिनमा पनि यस्तै कार्यक्रम अपेक्षा गरे कार्यक्रमको सञ्चालक जीवाखर ढकालले गरेका थिए ।