Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, मंसिर ११, २०८२
☰
Logo बिहिबार, मंसिर ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ४. हेर्नुस तपाईंको आजको राशीफल

  • ५. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६. चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ७. भरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्यु

  • ८. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ९. वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

गर्भाशयमा नभएर महिलाको कलेजोमा बच्चा बसेपछि…

भारतको उत्तर प्रदेश राज्यअन्तर्गत पश्चिमी क्षेत्रस्थित गाउँमा एउटा अनौठो घटना भएको छ ।

महिलाको गर्भाशयमा नभएर कलेजोमा भ्रूण विकसित भइरहेको थियो । यो घटना बुलन्दशहर जिल्लाको दस्तूरा गाउँमा बस्ने ३५ वर्षीय सर्वेशसँग भएको छ ।

यतिबेला कैयौँ वरिष्ठ डाक्टर तथा अनुसन्धानकर्ताको ध्यान उनीतिर तानिएको छ । सर्वसाधारणसँगै विशेषज्ञहरू पनि त्यस्तो कसरी भयो र सर्वेशको अहिले कस्तो स्थिति छ भन्ने चासो राखिरहेका छन् ।

यस्तै प्रश्नको जबाफ खोज्न बीबीसी हालै सर्वेशको घर पुगेको थियो । बीबीसी प्रतिनिधि उनको घरमा पुग्दा उनी खाटमा सुतिरहेकी थिइन् । उनको पेटमा एउटा चौडा पेटी बाँधिएको थियो र उनलाई यताउता पल्टिन पनि गाह्रो भइरहेको थियो ।

उनको पेटको दायाँतर्फ २१ टाँका लगाइएको छ । डाक्टरले उनलाई गह्रुङ्गो सामान नउचाल्न भनेका छन् । हल्का खाना खान र सकेसम्म धेरै आराम गर्न सल्लाह दिइएको छ ।

खाटमा बसाउनेदेखि शौचालय जान र कपडा फेर्नसम्म सर्वेशलाई उनका पति परमवीरको सहयोग लिनुपर्छ । सर्वेश र उनका पति परमवीरका अनुसार गएका तीन महिना उनीहरूका लागि अत्यन्त कठिन रह्यो ।

‘मलाई अति नै धेरै बान्ता भइरहेको थियो । जहिले पनि थकाइ लाग्ने र दुख्ने भइरहेको थियो ।’ सर्वेशले बीबीसीलाई बताइन् । उनको अवस्था बिग्रँदै गएपछि डाक्टरले अल्ट्रासाउन्ड गर्न भने । त्यसमा केही देखिएन ।

उनले पेटमा सङ्क्रमण भयो भनेर औषधि खाइरहिन् । एक महिना औषधि खाँदा पनि उनको अवस्थामा कुनै सुधार भएन ।

उनी दोस्रो पटक अल्ट्रासाउन्ड गर्न पुगिन् । यसपल्टको रिपोर्टमा देखिएको कुरा यति दुर्लभ थियो कि डाक्टरलाई पनि पत्याउन गाह्रो भइरहेको थियो । अल्ट्रासाउन्ड गरेकी डक्टर सानिया जेहराले सर्वेशलाई उनको कलेजोमा बच्चा रहेको बताइन् । सर्वेश र उनका पति परमवीरका लागि यो स्थिति निकै असहज थियो ।

यो कुरा पुष्टि गर्न उनी बुलन्दशहरबाट मेरठ गइन् र फेरि अल्ट्रासाउन्ड र एमआरआई गराइन् । यो रिपोर्टमा उही कुरा आयो । सर्वेश विश्वास गर्न सकिरहेकी थिइनन् । किनभने उनको महिनावारी सामान्य रूपमा भइरहेको थियो ।

आफ्नो २० वर्षको अनुभवमा यस्तो कहिल्यै नदेखेको एमआरआई गरेका रेडिओलजिस्ट डाक्टर केके गुप्ताले बीबीसीलाई बताए । उनले बारम्बार रिपोर्ट पढे र महिनावारीबारे बारम्बार प्रश्नहरू सोधे ।

‘सर्वेशको कलेजोको दाहिने भागमा १२ हप्ताको भ्रूण थियो । भ्रूणमा मुटुको धड्कनको सङ्केत स्पष्ट रूपमा देखिन थालिसकेको थियो । यस्तो स्थितिलाई इन्ट्राहेप्याटिक एक्टोपिक प्रेग्नन्सी भनिन्छ । यो असाध्यै दुर्लभ स्थिति हो । यस्तोमा महिलाको असाध्यै धेरै रगत बग्छ, जसलाई उनले सामान्य महिनावारी भन्ठान्छिन् र त्यसैले पनि गर्भ रहेको पत्ता लाग्न समय लाग्छ ।’ उनले बीबीसीसँग भने ।

भ्रूण बढ्दै गएमा कलेजो फुट्ने खतरा रहेको र त्यस्तो अवस्थामा आमा र बच्चा दुवै नबाँच्ने डाक्टरले दम्पतीलाई बताए । यो अवस्थामा शल्यक्रियाको विकल्प नभएको पनि उनीहरूलाई बताइएको छ । परमवीरका अनुसार बुलन्दशहरमा कोही पनि डाक्टरले उनीहरूको उपचारको जिम्मा लिन चाहेनन् । उनीहरू मेरठ गए, त्यहाँ पनि निराश हुनुपर्‍यो । डाक्टरहरूले त्यो जटिल अवस्था भएको अनि आमा र बच्चा दुवैलाई खतरा रहेको भन्दै दिल्ली जाने सल्लाह दिए । सर्वेशले भनिन्, ‘हामी गरिब छौँ, त्यसैले दिल्ली गएर खर्च गर्न सक्ने स्थिति थिएन । कैयौँ डाक्टरलाई भेटेपछि हामीले यहीँ उपचार गर्ने निर्णय ग‍र्‍याैँ,’ अन्त्यमा मेरठको एक निजी अस्पतालमा डाक्टरहरूको एक टोली सर्वेशको शल्यक्रिया गर्न तयार भयो ।

त्यो टोलीकी एक सदस्य डा. पारुल दहिया भन्छिन्, ‘बिरामी मकहाँ आउँदा उनी तीन महिनादेखि समस्यामा थिइन् । उनीसँग अल्ट्रासोनोग्राफी र एमआरआईको रिपोर्ट थियो । त्यसमा स्पष्ट लेखिएको थियो– यो इन्ट्राहेप्याटिक एक्टोपिक प्रेग्नन्सी हो । हामीले वरिष्ठ सर्जन डा. सुनिल कंवलसँग यसबारे कुरा ग‍र्‍याैँ । उनी तयार भए अनि शल्यक्रिया गरियो ।’ डक्टरहरूका अनुसार शल्यक्रिया गर्न डेढ घण्टा लाग्यो । डा. केके गुप्ताले बीबीसीलाई शल्यक्रियाको भिडिओ र भ्रूणको तस्बिर पनि देखाएका थिए ।

दुर्लभ केस

सामान्यतया अण्डाशयबाट निस्केको अण्डा र शुक्राणु एक ठाउँमा आएपछि निषेचन हुन्छ र गर्भ बस्छ ।यो निषेचित अण्डा फलोपिअन ट्यूब हुँदै गर्भाशयमा पुग्छ र गर्भाशयमा नै भ्रूण विकसित हुन्छ । बीएचयूको इन्स्टिट्यूट अफ मेडिकल साइन्सेजकी प्राध्यापक डा. ममताका अनुसार कुनै बेला निषेचित अण्डा गर्भाशयमा नपुगी फलोपिअन ट्यूबमा बसिरहन्छ वा अन्य अङ्गमा टाँसिन पुग्छ ।

जस्तो कि यो घटनामा कलेजोमा टाँसियो । कलेजोमा रगतको राम्रो आपूर्ति हुन्छ त्यसैले सुरुवाती दिनमा भ्रूणका लागि त्यसले राम्रो वातावरणको काम गर्न सक्छ । तर केही समयपछि आमा र बच्चा दुवैका लागि खतरनाक स्थिति बन्न पुग्छ जहाँ शल्यक्रियाबाहेक अन्य विकल्प बाँकी हुँदैन ।

Chitwan Aaja चितवन आज
बुधबार, साउन २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चितवनमा वार्षिक चार हजार १९२ टन मह उत्पादन
एनपीएल–२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
एनपीएलः लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

ताजा समाचार

सबै

चितवनमा वार्षिक चार हजार १९२ टन मह उत्पादन

एनपीएल–२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित

एनपीएलः लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

हङकङको अपार्टमेन्ट आगलागीः मृतकको संख्या ४४, ४५ जना घाइते, २७९ बेपत्ता

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

एनपिएलमा चितवन राइनोजका रञ्जितको नयाँ कीर्तिमान, एकै खेलमा ५ विकेट

निर्वाचनका लागि दलले निवदेन दिने समय चार दिन थपियो

ग्रीनल्याण्ड स्कुलमा तीन दिन चल्ने खेलकुद सम्मेलन सुरु

एनपिएलः विराटनगरको अपराजित यात्रामा ब्रेक, चितवन विजयी

चितवन राइनोजले विराटनगर किंग्सलाई दियो १७५ रनको लक्ष्य

निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु :मुख्यसचिव अर्याल

चितवन सहितका राष्ट्रिय निकुञ्जमा गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि थालिने

चितवनमा जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ

त्रिवि रङ्गशालामा सुविधा र प्रविधिमा प्रभावकारी व्यवस्थापन भएको दर्शकको भनाइ

जिम्मेवारीबाट हटाइए रास्वपाका प्रदेश इन्चार्ज

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ४.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ५.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६.
    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech