पर्वत, साउन २६
पर्वतको प्रदेश अस्पतालले १२ वटा आधुनिक प्रयोगशाला परीक्षण सेवा सुरु गरेको छ ।
अब जिल्लावासीले पोखरा जानुपर्ने झन्झट बिना नै भिटामिन डी, बी–१२, पीएसए, सीआरपी क्वान्टिटेटिभ, रेटिकुलोसाइट काउन्ट लगायतका विश्लेषणात्मक परीक्षणहरू पर्वतमै गर्न सक्नेछन् ।
मेडिकल सुपरिटेन्डेन्ट डा। हेमन्त बाँस्तोलाका अनुसार, नयाँ सेवा सञ्चालनले जिल्लाको उपचार प्रणालीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।