गैंडाकोट ,२३ साउन –
नवलपुरको गैंडाकोट नगरपालिका–२ स्थित नारायणी नदी किनारमा एक अन्दाजी ६० देखि ६५ वर्ष उमेरकी वृद्ध महिलाको शव फेला परेको छ।
शुक्रबार बिहान नारायणी रिसोर्ट अगाडिको नदी किनारमा महिलाको शव घोप्टो अवस्थामा देखिएको स्थानीयवासीहरूले बताए। शव देख्नेबित्तिकै स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय, नवलपुरको टोलीले आवश्यक मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाएको जानकारी दिएको छ।
हालसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।प्रहरी स्रोतका अनुसार, घटनाको प्रकृति र स्थानका कारण मृत्युको कारण पुष्टि हुन बाँकी रहेको र विस्तृत विवरण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ।