चितवन, साउन २१ –
सूचना प्रविधि क्षेत्रमा पारस्परिक सहकार्यको अभिप्रायले वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन र प्याराडाइज इन्फोटेक प्रा.लि. (Paradise IT Solution Pvt. Ltd.) बीच मिति २०८२ साल साउन २१ गते औपचारिक रूपमा समझदारीपत्र (Memorandum of Understanding – MOU) मा हस्ताक्षर गरिएको छ ।
यस समझदारी अनुसार, प्याराडाइज इन्फोटेक प्रालिले विद्यार्थीहरूलाई व्यवहारिक आईटी (IT) तालिम, इन्टर्नसिप, काउन्सेलिङ सेवा साथै रोजगारीका अवसरहरू प्रदान गर्नेछ भने क्याम्पसले यी गतिविधिहरूका लागि आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउने व्यवस्था मिलाउनेछ ।
सम्झौता कार्यक्रममा क्याम्पस प्रमुख डा. प्रेमसागर भण्डारी र प्याराडाइज इन्फोटेकका चितवन शाखा प्रबन्धक प्रमेश्वर धरेलले हस्ताक्षर गरेका छन् ।