चितवन साउन १८
शैक्षिक संस्थाहरूमा गुणस्तर, नवीनता र निरन्तर सुधारको संस्कृति विकास गर्न विद्यार्थीलाई व्यक्तिगत र व्यावसायिक विकासका लागि आवश्यक सीपहरू प्रदान गर्न क्रियाशील संस्था एसक्युसी हब चितवन (विद्यार्थी गुणीय चक्र चितवन) को ‘एसक्युसी कन्भेन्सन सिमुलेसन २०२५’ सम्पन्न भएको छ ।
गैँडाकोट इङ्लिस स्कुलमा आयोजना गरिएको उक्त सिमुलेसनमा चितवन हवमा आबद्ध १४ वटा विद्यालयमध्ये १० वटा विद्यालयका १७० जना विद्यार्थी तथा २५ जना विद्यालय प्रतिनिधि र एसक्युसी सहजकर्ताहरूको सहभागिता रहेको थियो ।
१० जना विद्यार्थीले प्यानल डिस्कसनमा सहभागिता जनाएको उक्त सिमुलेसनमा पाँच विद्यालयबाट एसक्युसी केस स्टडी प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्यारलल इभेन्टअन्तर्गत कोलाबोरेटिभ स्टोरी फर्मेसन तथा कोलाबोरेटिभ कोलाज आर्टस, स्टोन पेन्टिङ तथा एङ्करिङ वर्कसपको समेत आयोजना गरिएको चितवन ‘हव’ संयोजक अर्जुन जी शर्माले जानकारी दिए ।
आउँदै गरेको हव कन्भेन्सन र नेसनल कन्भेनसनलाई मध्यनजर गरी आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य चितवन हवमा आवद्ध भएका नयाँ विद्यालयका विद्यार्थीहरूलाई एसक्युसी के हो र यसले विद्यार्थीको सर्वाङ्गीण विकासमा कसरी योगदान पु¥याउँछ भनेर जानकारी दिनु रहेको उनले बताए ।
चितवन हवका संयोजक एवम् क्वेस्ट नेपालका मास्टर ट्रेनर अर्जुन जी शर्माको सभापतित्वमा सम्पन्न सिमुलेसन कार्यक्रमको सञ्चालन सचिव साजन अधिकारीले गरेका थिए । क्वेष्ट नेपालका एक्ज्युकेटिभ मेम्बर हीरालाल अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम मास्टर ट्रेनर निर्मल पाण्डे र विक्रम बस्ताकोटीलगायतको उपस्थिति रहेको थियो ।