– विनय आचार्य
चितवन, साउन १६ –
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवनको संयोजक अमित आचार्य बनेका छन् ।
अनेरास्ववियुको २४ औं महाधिवेशनबाट निर्वाचित सचिवालयको प्रशिक्षण सहितको प्रथम पूर्ण बैठकले अमित आचार्यलाई चितवनको संयोजकको जिम्मेवारी तोकेको हो । बालकुमारी कलेज नारायणगढ क्याम्पस कमिटीको अध्यक्ष, जिल्ला कमिटी, जिल्ला सचिव, जिल्ला सह संयोजक हुँदै आचार्य संयोजकको जिम्मेवारीसम्म पुगेका हुन् ।
यसैगरी सचिवालय बैठकले केन्द्रीय सदस्य अस्मिता रेग्मीलाई केन्द्रबाट प्रतिनिनिधित्व गर्ने चितवन जिल्ला इन्चार्जका रुपमा जिम्मेवारी प्रदान गरेको छ भने बैठकले अर्का केन्द्रीय सदस्य प्रशान्त सुवेदीलाई भरतपुर महानगर कमिटीको इन्चार्जको जिम्मेवारी तोकेको छ ।
३२ वर्ष कटेका जिल्ला कमिटी अध्यक्ष र संयोजकलाई हटाएर ३२ वर्षभन्दा तलका विद्यार्थी नेताहरुलाई विभिन्न जिल्लामा संयोजक तोकिएको अनेरास्ववियुले जनाएको छ ।