नवलपुर, १३ साउनः
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर आजै मात्र दुई जना बेपत्ता भएका छन् ।
एक जना आज बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता हुनुभएको हो । “साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ”, उहाँले भन्नुभयो, “बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ ।”
बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र नुवाकोट घर भएकी ४९ वर्षीया मिठु गिरी पुलबाट हाम फालेर बेपत्ता भएकी हुन् ।