चितवन, साउन १२-
भरतपुर महानगरपालिकाले सोमबार नारायणगढ र भरतपुरका पसलहरुमा अनुगमन गरेको छ ।
दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरुमाथि ठगी भइरहेको भन्दै भरतपुर महानगरपालिकाले बजार अनुगमन कार्यलाई तिव्र बनाएको हो ।
भरतपुर-४ छहारी बसपार्कमा रहेको न्युरे पाउरोटी उद्योगमा ठुलो परिणाममा अखाद्य तेल नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका खाद्य प्रमुख प्रमोदचन्द्र पौडेलले चेकजाँच गर्दा तेल अखाद्य भएको पुष्टि भएको हुँदा नष्ट गरिएको बताए ।
उक्त उद्योगमा सरसफाइ नभएको, खानेपानीको सुविधा नभएको, शौचालय र पाउरोटी बनाउने स्थान नजिकै भएको भेट्टिएपछी महानगरपालिकाले ५ हजार रुपैयाँ सरसफाइ स्वरुप जरिवाना गरेको हो भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका शाखा अधिकृत ठानेश्वर सापकोटाले बताए ।
महानगरपालिकाले भरतपुर-४ कै श्री लक्ष्मी नारायण चिउरा मिल र शिव पाउरोटी उद्योग, भरतपुर-७ क्यान्सर अस्पताल अगाडी रहेका विभिन्न खाजा पसलहरुमा अनुगमन गरेको हो ।
महानगरले सोमबार नै भरतपुर-७ क्यान्सर अस्पताल अगाडी रहेका विभिन्न खाजा पसलहरुमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा केही अधिकाश पसलहरु दर्ता नभएको पाइएपछी अबिलम्ब दर्ता गर्न महानगरले अनुरोध गरेको छ ।
बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाई भरतपुर महानगरपालिकाले
तिव्रताका साथ अगाडी बढाएको हो ।