Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

  • १०. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

अङ्कुरम् एकेडेमीमा अभिभावक प्रशिक्षण‘बदलिँदो युगमा असल अभिभावकत्व : चुनौती र अवसर’

चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबार आयोजित कार्यक्रममा २१औँ शताब्दीले अभिभावकत्वमा चुनौतीहरू थपिएको बताइएको छ ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूका लागि छुट्टाछुट्टै आयोजित कार्यक्रम असल अभिभावक बन्न गर्नुपर्ने र गर्न नहुने व्यवहारबारे तथ्यसहित प्रशिक्षण दिइएको हो । कार्यक्रमका प्रशिक्षक सेन्ट जेभियर्स स्कुलका पूर्वप्राधानाध्यापक जोसेफ निरौलाले आजको युगमा अभिभावकहरूलाई पारम्पारिक मूल्यहरू र आधुनिक प्रविधिहरूसँग जुध्नु परेको बताए । ‘बदलिँदो युगमा अभिभावकत्व एक जटिल कार्य बनेको छ, जहाँ बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक विकासका लागि सही मार्गदर्शन प्रदान गर्नु महत्त्वपूर्ण छ,’ उनले भने ।

असल अभिभावकत्व भनेको बच्चालाई प्रेम गर्ने, मार्गदर्शन गर्ने र स्पष्ट सीमाहरू निर्धारण गरी बच्चाको स्वतन्त्रता र आत्मसम्मानलाई बढावा दिँदै बच्चाहरूको विकास चरण बुझेर उनीहरूको व्यक्तिगत आवश्यकताअनुरूप व्यवहार गर्नु हो,’ उनले भने ।

सामाजिक सञ्जाल, स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर र इन्टरनेटको अधिक प्रयोग किशोरकिशोरीहरूमा नयाँ चुनौतीको रूपमा देखा परेको बताउँदै प्रशिक्षक निरौलाले छोराछोरीमा ‘स्क्रिन टाइम’को नियन्त्रण गर्न अभिभावकहरूलाई कठिनाइ भइरहेको बताए । उनले स्मार्टफोनको अत्यधिक प्रयोगले किशोरकिशोरीकोे सामाजिक, शैक्षिक तथा मानसिक विकासमा असर पु¥याउने हुनाले अभिभावक यसप्रति सचेत हुनुपर्ने बताए । ‘आजका अभिभावकले उपकरणको सही प्रयोग कसरी गर्ने भन्ने बुझेर आफ्ना सन्तानलाई समय दिने र र उनीहरूको भावनात्मक आवश्यकताहरूलाई प्राथमिकताान राख्नुपर्छ’, उनले भने ।

प्रशिक्षण कार्यक्रममा २१ औं शताब्दीमा अभिभावकलाई शैक्षिक तथा मानसिक स्वास्थ्यमा एकैसाथ ध्यान दिने चुनौती रहेको बताइयो । छोराछोरीलाई सफल नागरिक बनाउन राम्रो शिक्षा र मानसिक सन्तुलनबारे अभिभावक चनाखो हुनुपर्ने तथ्यमाथि जोड दिइएको थियो । प्रशिक्षक निरौलाले भने, ‘अहिले छोराछोरीलाई कसरी सिकाउने भन्दा पनि कसरी बचाउने भन्ने कुरा चुनौतीपूर्ण छ,’ ‘अधिकांश किशोरकिशोरी अभिभावकको सही अभिावकत्व नहुँदा गलत बाटोमा हिँडेको पाइएको छ ।’ ‘अहिलेका किशोरकिशोरीमा तनाव, डिप्रेशन, र सामाजिक दबाबजस्ता समस्याहरू बालबालिकामा बढिरहेका छन् । यसमा अभिभावकले निरन्तर संवाद, प्रोत्साहन र हिम्मत दिनु आवश्यक छ’, उनले भने ।

कामकाजी अभिभावकले आफ्ना छोराछोरीलाई समय दिन नसक्दा समस्या थप बल्झिन सक्ने हुनाले समयको व्यवस्थापन र पारिवारिक अनुशासन कायम गर्नुपर्ने उनले बताए । ‘यदि खाना खाने समयमा अभिभावकले मोबाइल प्रयोग गरेन भने छोराछोरीलाई पनि नचलाउन निर्देशन दिन सकिन्छ, त्यो बालबालिकाले पनि सहजै ग्रहण गर्छन् र अटेरी गर्दैनन्,’ प्रशिक्षक निरौलाले भने । निरन्तर बदलिइरहेको अहिलेको समयमा अभिभावकले हप्काउने, आक्रोश व्यक्त गर्ने र गाली गर्नुको सट्टा सहानुभूति दर्शाएर किशोरकिशोरीको कुरा सुनिदिनु पर्ने र आफ्ना बच्चासँग निरन्तर कुराकानी गर्नुपर्नेमा उनको जोड थियो । यस्तो क्रियाकलापले बच्चाहरुमा आत्मसम्मान र आत्मविश्वासको विकासमा हुने उनले बताए । प्रविधिको तीव्र विकास भइरहेको अहिलेको समयमा बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक विकासमा सन्तुलन राख्नु निकै चुनौतीपूर्ण कार्य हो भएकोले आधुनिक प्रविधि, शिक्षा, मानसिक स्वास्थ्य र समय व्यवस्थापनलाई सन्तुलित बनाउने भूमिका अभिभावकको भएकोले धैर्य, समर्पण र समझदारीको आवश्यकता पर्दछ बोध गरी असल नागरिक बनाउन क्रियाशील हुनुपर्ने तथ्यमाथि जोड दिइएको थियो ।

विद्यालयका प्राचार्य सुमन पौडेलले स्वागत गरेको कार्यक्रममा विद्यालयका +२ निर्देशक डा. आरएन खनालले शैक्षणिक गतिविधि र आचारसंहिताका बारेमा जानकारी गराएका थिए । आवासीय निर्देशक नईम चौधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन +२ संयोजक अर्जुनबाबु दौलियाले गरेका थिए भने कार्यक्रम सञ्चालक समिति अध्यक्ष आनन्दबहादुर चन्दको सभापतित्वमा सम्पन्न भएको थियो ।

Chitwan Aaja चितवन आज
शनिबार, साउन १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध
सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

ताजा समाचार

सबै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.