Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ ०३, २०८२
☰
Logo शनिबार, माघ ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ७. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ८. सिमलताल तल त्रिशूली किनारमा बसजस्तो देखिने धातु फेला, यकिन गर्न प्रहरी परिचालन

  • ९. बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

  • १०. धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

सुक्नथाले रोपो : नारायणी लिफ्टले तानेको पानी पर्याप्त भएन

चितवन,साउन ८-
साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त वर्षा नपर्दा चितवनका किसान खडेरीको चपेटमा परेका छन् । पानीको अभावले जमिन सुक्नथालेको छ भने धान रोपाइँमा समेत समस्या भएको किसानहरूको गुनासो छ ।

धान रोपेर बाली हरियो हुने समय भए पनि पर्याप्त सिँचाइ नपुगेकाले अधिकांश स्थानमा रोपाइ ढिलाइ भएको छ । खोलानाला र नदीमा पानीको सतह घटेपछि किसान पालो मिलाएर सिँचाइ गर्न बाध्य छन् ।

भरतपुर महानगरपालिका अन्तर्गत पश्चिम चितवनका क्षेत्र नारायणी लिफ्ट सिँचाइ प्रणालीमा निर्भर छन् । खगेरी खोलामा पानी सुक्न थालेपछि नारायणी लिफ्टको पानी खगेरीको नहरमा हालेर सिँचाइ गर्नुपर्ने अवस्था आएको छ ।

नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले हाल पश्चिम चितवनका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराइरहेको छ । कार्यालयका प्रमुख कुलराज चालिसेले खडेरीका कारण किसानको मागअनुसार २४ घण्टा नहरमार्फत पानी छोडिएको जानकारी दिए ।

उनले भने, “पानी परेको भए सिँचाइको माग घट्थ्यो, तर खडेरीका कारण नहर नियमित सञ्चालन गर्नुपरेको छ । नदीमा बेला–बेलामा लेदो आउँदा पम्पमा समस्या आउने गरे पनि सिँचाइ सेवा निरन्तर छ ।”

प्रमुख चालिसेले खगेरी खोलामा पानी सुकेको अवस्थामा नारायणी लिफ्टको पानी खगेरीको नहरमार्फत पठाइएको बताए । ‘बी’ क्यानालको उपशाखा नहरमध्ये बीएल–६ बाट खगेरीको मूल नहरमा पानी पठाउन थालिएको उनले जानकारी दिए ।

नारायणी लिफ्टमार्फत चार हजार ७०० हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको छ । उक्त क्षेत्रमा ९० प्रतिशत रोपाइ सम्पन्न भइसकेको छ । खगेरी सिँचाइले तीन हजार ९०० हेक्टर क्षेत्रमा सेवा पु¥याउँदै आएको छ ।

“सारदानगर, शिवनगर, पार्वतीपुर, जयनगरलगायतका क्षेत्रमा रोपाइमा समस्या देखिएको छ,” उनले भने, “खडेरीका कारण खगेरी सिँचाइ अन्तर्गत हालसम्म ७० प्रतिशत मात्र रोपाइ सम्पन्न भएको छ ।”

गत असार १० गतेदेखि नारायणी लिफ्टबाट सिँचाइका लागि पानी छोडिँदै आएको हो । भूमिगत सिँचाइसँग संयोजन गर्दै सतह सिँचाइ गरिएको किसानका लागि उपयोगी देखिएको उनको भनाइ छ ।

नारायणी लिफ्टमा तीन वटा क्यानाल छन् ‘ए’ क्यानाल (५ सय मिटर), ‘बी’ क्यानाल (१९ किमी), र ‘सी’ क्यानाल (१६.५ किमी) रहेको छ । ‘बी’ नहर यज्ञपुरी, नारायणपुर, तोरीखेत हुँदै फूलबारीसम्म पुग्छ भने ‘सी’ नहर बसेनी, गोन्द्राङ, बन्देवी, काँडाघारी, गौरीगञ्ज क्षेत्रको सिँचाइमा प्रयोग हुँदै आएको छ । खगेरी खोलाबाट देवनगर, गीतानगर, पार्वतीपुरलगायतका क्षेत्रमा सिँचाइ हुँदै आएको छ ।

भरतपुर–१ मा रहेको जोरकुसुम उद्यान नजिकै नारायणी नदीबाट पानी तानेर मुख्य नहरमार्फत सिँचाइ गरिन्छ । हाल रत्ननगरस्थित खगेरी खोलाबाट बिसहजारी ताल हुँदै आउने खगेरी सिँचाइ आयोजनामा पानी सुक्दै गएको छ । त्यसपछि राधापुरदेखि नारायणी लिफ्टको पानी खगेरीमा मिसाएर मङ्गलबारदेखि कमाण्ड क्षेत्रमा पठाउन थालिएको हो ।

पश्चिम चितवनका किसान एवम् खगेरी सिँचाइ आयोजनाका उपाध्यक्ष खिलराज रेग्मीले खडेरीका कारण आकाशे पानी कुरेर धान रोप्नुपर्ने बाध्यता आएको बताए । “खोलामा पानी सुक्यो । खडेरीका कारण धान रोप्न पाइएन,” रेग्मीले भने, “नारायणी लिफ्टको पानी आएपछि केही राहत मिलेको छ, तर नहरमा पनि पानीको मात्रा पर्याप्त छैन ।”

किसानले आलो पालो पालना गरे पनि समयमा पर्याप्त पानी नपाइरहेको गुनासो गर्ने गरेको उनले बताए ।

नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले पनि समितिको निर्णयअनुसार खगेरीमा पानी पठाइएको जानकारी दिए ।

उनले भने, “सतह सिँचाइको क्षेत्रमा खडेरीका कारण रोपिएका रोपो समेत सुक्न थालेका छन् ।”

जिल्लामा हालसम्म ८७.६० प्रतिशत रोपाइ सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार अधिकांश पालिकामा रोपाइ सकिए पनि भरतपुर महानगरको पश्चिम क्षेत्रमा अझै रोपाइ बाँकी रहेको छ । खडेरीको असरले कतिपय ठाउँमा रोपिएका धानसमेत सुक्नथालेको उनले जानकारी दिए ।

जिल्ला भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख विश्ववन्धु केसीका अनुसार भूमिगत सिँचाइले धान रोपाइमा राहत दिएको छ । तर हाल ट्युबवेल सञ्चालनका लागि दिउँसो आवश्यक पर्ने विद्युत् भोल्टेज नपुग्ने समस्या देखिएको छ, यसका कारण किसान रातिको समयमा मात्र सिँचाइ गर्न बाध्य भएका छन् ।

उनका अनुसार सतह सिँचाइका नहरमार्फत बग्ने पानीले भूमिगत जलस्रोत पुनःभरिने (रिचार्ज हुने) भएकाले सतह सिँचाइको प्रभाव भूमिगत सिँचाइमा पनि देखिएको छ । यस संयोजनात्मक सिँचाइ पद्धतिले खडेरीका बेलामा राहत पु¥याएको उनको भनाइ छ ।रासस

Chitwan Aaja चितवन आज
बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ : सञ्चारमन्त्री खरेल
पाल्पामा चुनावी चहलपहल
निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

ताजा समाचार

सबै

पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ : सञ्चारमन्त्री खरेल

पाल्पामा चुनावी चहलपहल

निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

सडकको दुरावस्था र चालकको लापरबाहीले दुर्घटना बढे

बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा

WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

निर्वाचन आयोगले भन्यो – २१ फागुनको निर्वाचनलाई नयाँ दल दर्ता गर्न सकिंदैन

मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या

शिक्षकलाई स्थानीय भत्ता वितरण

टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई

बडीमालिकामा आफ्नै घरको छतबाट खसेर वृद्धाको मृत्यु

बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ : उपभासपति शर्मा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.