चितवन, साउन ०६-
पपुलर जागरण प्रालिले स्थापना दिवसको अवसरमा १०१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने भएको छ ।
आफ्नो पहिलो स्थापना दिवसको अवसरमा पपुलरले कपाल काट्ने, कपडाको झोला बनाउने, टपरी बुन्ने र लागुऔषध दुव्र्यसनी सम्बन्धि सचेतनामुलक तालिम दिन लागेको हो ।
कपाल काट्ने तालिम २१ जना, उद्घोषण तालिम २० जना, कपडाको झोला बनाउने तालिम २०, टपरी बुन्ने तालिम २० जना र लागुऔषध दुव्र्यसनीबाट बच्ने तालिम २० जना भन्दा बढीलाई दिइने पपुलर युनिसेक्स सलुनका सञ्चालक एवम् पपुलर जागरण प्रालिका अध्यक्ष सुलभ सिग्देलले जानकारी दिए । सरकारी विद्यालयमा पढ्ने बालिकाहरुलाई टपरी बुन्ने तालिम दिइने उनले बताए।
तालिमहरु सम्पन्न गर्न दुई लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए । सामाजिक व्यक्ति समेत रहेका सिग्देलले आफ्नो जन्मदिन र संस्थाको स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रममा ३८ जनाले रक्तदान गरेको सिग्देलले बताए ।
आफ्नो ३८औँ जन्मोत्सवको अवसरमा लक्ष्य अनुसार नै रक्तदान भएको उनको भनाई छ । रक्तदान कार्यक्रमलाई रेडक्रसले प्राविधिक सहयोग गरेको हो ।