Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, फागुन २९, २०८२
☰
Logo शुक्रबार, फागुन २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • १०. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

पीसीएल नर्सिङमा यसपालि प्रवेश परीक्षा नहुने, अनलाइन आवेदनबाटै छनोट प्रक्रिया

चितवन साउन ६

नर्सिङ क्षेत्रमा मध्यम स्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्‍यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सञ्चालन गरिरहेको पीसीएल नर्सिङ (स्टार्फ नर्स) का लागि यस वर्ष प्रवेश परीक्षा नहुने भएको छ। योसँगै तीन वर्षे कोर्समा भर्ना पाउनका लागि देशभरिबाट प्रवेश परीक्षाका लागि काठमाडौँ आउनुपर्ने बाध्यता पनि हटेको छ।

परिषद्का सूचना अधिकारी एकराज अधिकारीले यस वर्ष प्रवेश परीक्षा नलिने र एसईईमा प्राप्त जीपीएका आधारमा विद्यार्थी छनोट गरिने जानकारी दिए।उनका अनुसार नर्सिङ पढ्न इच्छुक विद्यार्थीले अब अनलाइनमा फाराम भर्नुपर्नेछ। मंगलबार (साउन ६ गते) बाट फाराम भर्न पाइने गरी सूचना प्रकाशित भइसकेको छ। साउन २६ राति ११꞉५९ बजेसम्म आवेदन दिन सकिनेछ।

फाराम भर्ने तरिका
अनलाइन आवेदन भर्नको लागि सीटीईभीटीको वेबसाइटमा जानुपर्छ। सीटीईभीटीको आईटीएमएसमा फाराम भर्ने व्यवस्था मिलाइएको छ।पीसीएल नर्सिङ पढ्न एसईईरएसएलसीमा प्राप्‍त गरेको जीपीए राख्‍नुपर्ने हुन्छ। फाराम भर्नको निम्ति कम्तीमा २।० जीपीए आएको हुनुपर्छ।

त्यसैगरी आफ्नो ग्रेडसिट, नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, यदि सरकारी विद्यालय पढेको हो भने पालिकाले प्रमाणित गरेको पत्रलगायत अन्य आवश्यक कागजात स्क्यान गरी अनलाइनमै अपलोड गर्नुपर्छ।आवेदन फाराम भर्दा परीक्षा नियन्त्रण कार्यालयले तोकेको कनेक्ट आईपीएस वा खल्ती एपमार्फत प्रवेश परीक्षा शुल्क एक हजार रूपैयाँ तिर्नुपर्छ।

शुल्क तिरेर फाराम भर्नको लागि सीटीईभीटी डट ओआरजी डट एनपी वा सीटीईभीटीएक्जाम डट ओआरजी डट एनपी मा जानुपर्छ।त्यसपछि क्लासिफाइड अनलाइन फाराममा क्लिक गर्नुपर्ने हुन्छ। आफूले अध्ययन गर्न चाहेको स्तर पीसीएल नर्सिङ छनोट गरी न्यु युजरमा क्लिक गर्नुपर्छ। अनि परीक्षार्थीको नाम, थर र मोबाइल नम्बर राखेर प्रोसिडमा क्लिक गर्नुपर्छ।

शुल्क जम्मा गर्नको लागि पे नाउ छानेर क्लिक गर्नुपर्छ र आफूले शुल्क जम्मा गर्ने कम्पनी छनोट गरी प्रोसिड गर्नुपर्छ।शुल्क जम्मा गरेको भेरिफिकेसन आएपश्चात् आफ्नो पासवर्ड बनाउनुपर्छ। पासवर्ड बनिसकेपछि क्लासिफाइड स्कलरसिप अनलाइन आवेदनको फाराम खुल्छ। फाराम खुलेपछि भने त्यहाँ उल्लेख भएको आवश्‍यक विवरण भर्दै जानुपर्ने हुन्छ।

यदि तोकिएअनुरुप शुल्क, फोटो र कागजात समावेश नभएमा अनलाइन आवेदन स्वतः रद्द हुन्छ।आवेदन भर्दा नर्सिङ कार्यक्रम, प्रदेश, वर्ग स्पष्‍टसँग उल्लेख गरी अध्ययन गर्न चाहेको संस्थानरविद्यालय प्राथमिकताका आधारमा क्रमशः राख्‍नुपर्छ।

छात्रवृत्तिमा पनि हुँदैन परीक्षा

यसपालिदेखि छात्रवृत्तिका लागि पनि कुनै परीक्षा हुने छैन। एसईईको जीपीएबाटै निर्णय लिइनेछ।सरकारी विद्यालयबाट एसईईरएसएलसी तह उत्तीर्ण गरेका विद्यार्थीले मात्र पीसीएल नर्सिङको छात्रवृत्तिको लागि प्रतिस्पर्धा गर्न पाउँछन्। सरकारी विद्यालयका साथै यदि विद्यार्थी दलित, मुस्लिम, आदिवासी जनजाति, अपांगता भएको व्यक्ति आदि कोटामा पर्ने भए त्यससँग सम्बन्धित कागजात पनि संलग्न राख्नुपर्छ।

वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको आवेदन आवेदक आफैँले परीक्षा नियन्त्रण कार्यालयबाट तोकिएको समयावधिभित्र अनलाइन आवेदनको फाराम इन्ट्री गर्नुपर्ने परिषद्ले सूचनामा उल्लेख गरेको छ।सम्पूर्ण प्रक्रिया पूरा गरी भरिएको वर्गीकृत(निःशुल्क) छात्रवृत्तिको अनलाइन फारम पेस गरेपश्चात् परीक्षा नियन्त्रण कार्यालयबाट स्वीकृत भएको नोटिफिकेसन प्राप्त हुन्छ। तुरुन्तै अनलाइन आवेदन स्वीकृतिको कार्ड प्रिन्ट गर्न सकिन्छ। उक्त कार्ड विद्यालयमा भर्ना र रजिस्ट्रेसन प्रयोजनमा अनिवार्य हुनाले सुरक्षित राख्‍नुपर्छ।

बढ्दै छ संख्या

२०८० सालमा ५३ संस्थामा पीसीएल नर्सिङको पढाइ भएकोमा देशभरिमा जम्मा कोटा २ हजार १२० थियो। त्यस वर्ष ५ हजार ५८७ जनाले छात्रवृत्तिको लागि आवेदन दिएका थिए। तीमध्ये १५९ जनाले छात्रवृत्ति प्राप्‍त गरे।पूर्ण शुल्क तिरेर पढ्ने कोटामा १२ हजार ९५० जनाले आवेदन दिएकोमा १ हजार ९६१ जनाले सिट पाएका थिए।

समग्रमा २०८० मा २ हजार १२० जनाले पढ्ने अवसर पाए। २०८१ (गत वर्ष) मा भने पीसीएल नर्सिङ पढाइ हुने संस्था पछिल्लो वर्षभन्दा ९ वटा थपिएर ६१ वटा पुगे।त्यस वर्ष छात्रवृत्ति कोटामा संख्या ६ हजार ९९५ जनाले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये १८३ जनाले छात्रवृत्ति पाए।

२०८१ मा पूर्ण शुल्क तिरेर पीसीएल नर्सिङ पढ्न १६ हजार ३२१ जनाले आवेदन दिए। तीमध्ये २ हजार २५७ जनाले अवसर प्राप्त गरे।छात्रवृत्ति र पूर्ण शूल्कीय मिलाउँदा गत वर्ष २ हजार ४४० जनाले पढ्ने अवसर पाएको देखिन्छ।यसपालि कलेज संख्या एउटा थपिएर ६२ पुगेको छ। ती कलेजमा कुल विद्यार्थी २ हजार ४८० जनाले पढ्न पाउनेछन् भने छात्रवृत्तिको अवसर प्राप्त गर्ने संख्या १८६ हुनेछ।

विद्यार्थीले पेस गरेको शैक्षिक योग्यतामा प्राप्‍त गरेको अंक र उत्तीर्ण गरेको विद्यालयको किसिमको आधारमा प्राप्‍त हुने अङ्कको योगफल अनुसार भर्ना सम्बन्धी निर्देशिकाबमोजिम कार्यक्रम र कोटाहरुमा योग्यता क्रमानुसार छनोट, योग्यता क्रम निर्धारण गरी भर्ना सिफारिस गरिने परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले जनाएको छ।

छात्रवृत्ति वितरण प्रक्रिया

पीसीएल नर्सिङको एउटा कलेजमा ४० जना विद्यार्थीको कोटा हुन्छ, जसमा ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिन्छ।छात्रवृत्तिको प्रदेशगत नतिजा हुन्छ। यदि कुनै प्रदेशमा २० वटा कलेज छन् भने त्यहाँ ६० वटा छात्रवृत्ति कोटा हुन्छन्। जसमा सरकारी विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीले आवेदन गर्न पाउँछन्।

अपलोड गरिएको आवेदनमा भरिएको सम्पूर्ण विवरण र कागजात सत्यतथ्य रहे नरहेको बुझेर सीटीईभीटीले प्रमाणीकरण गर्छ। अनुमोदन भएकामध्येबाट जीपीएका आधारमा योग्यताक्रम निर्धारण र छनोट गरिन्छ।यसपालि कोसी प्रदेशमा ३३ जना, मधेसमा ५४, बागमतीमा ६३, गण्डकीमा १२, लुम्बिनीमा १५, कर्णालीमा ३ र सुदूर पश्चिममा ६ गरी जम्मा १८६ जनाले छात्रवृत्ति प्राप्‍त गर्न सक्नेछन्।

यदि कुनै शिक्षण संस्थामा पूर्ण शूल्कीय कार्यक्रम सञ्चालन हुन नसकेमा छात्रवृत्ति कोटा घट्न जान्छ। तर थप शिक्षण संस्थामा कार्यक्रम स्वीकृत भएर आएमा चाहिँ उक्त कोटा बढ्न सक्ने सम्भावना हुन्छ।नर्सिङको कोटालाई शत प्रतिशत मानी ५०-५० प्रतिशतमा साधारण समूह र लक्षित वर्ग समूह गरी दुई भागमा विभाजन गरिन्छ।

साधरण समूहका लागि कायम गरिएको सिट संख्यालाई शत प्रतिशत कायम गरी योग्यता पुगेका नेपाली नागरिकलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिन्छ। यस समूहमा हुन आउने कोटाको १५ प्रतिशत पुरुष नर्सिङ कोटा छुट्याइन्छ।

यसैगरी लक्षित वर्ग समूहका लागि छुट्याइएको ५० प्रतिशतलाई शत प्रतिशत मानी विभिन्‍न कोटामा विभाजन गरिएको छ। जसमा ३३ प्रतिशत महिला हुन्छन्। महिलाभित्र पनि २८ प्रतिशत खुला महिला, ३ प्रतिशत दलित महिला र २ प्रतिशत मुस्लिम समुदायका महिलाको लागि छुट्याइएको छ।

महिलाको ३३ प्रतिशतबाहेक ९ प्रतिशत दलित, १५ प्रतिशत आदिवासी जनजाति र १७ प्रतिशत खस आर्यको लागि छात्रवृत्ति छुट्याइएको छ।यस्तै ९ प्रतिशत मधेसी खुला र ३ प्रतिशत मधेसी दलितको लागि गरेर समग्रमा १२ प्रतिशत मधेसी समुदायको लागि छात्रवृत्ति कोटा छुट्याइएको छ।

थारूको लागि ४ प्रतिशत, मुस्लिमको लागि २ प्रतिशत, पिछडिएको क्षेत्रका व्यक्तिको लागि ४ प्रतिशत, अपाङ्गता भएका व्यक्तिलाई २ प्रतिशत र सहिद, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाका परिवार र द्वन्द्व पीडितलाई २ प्रतिशत छात्रवृत्ति छुट्याइएको छ।यी सबै प्रकारका छात्रवृत्ति सरकारी विद्यालयबाट एसईई उत्तीर्ण गरेकोले मात्र पाउने प्रावधान छ।

पीसीएल नर्सिङमा डिप्लोमा गर्ने विद्यार्थीहरूको लागि नेपालमै विभिन्न अस्पताल, क्लिनिक, नर्सिङ होम लगायतमा काम पाइन्छ। अहिले विद्यालय नर्स कार्यक्रम पनि सञ्चालनमा छ। त्यस्तै स्थानीय तहका सरकारहरूले सामुदायिक कार्यक्रमहरूमा पनि पीसीएल नर्सिङ पढेको जनशक्ति भर्ना गरिरहेको पाइन्छ।नेपाली नर्सको माग विभिन्न बाह्य मुलुकमा पनि रहेको पाइन्छ।पीसीएल नर्सिङपछि स्नातक तह पनि पढ्न पाइन्छ।

 

Chitwan Aaja चितवन आज
मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

ताजा समाचार

सबै

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने

आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.