चितवन, असार २७–
चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाँदा बेपत्ता भएका पुरुषको बाघको आक्रमणबाट मुत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, आज बिहान सात घाँस काट्न गएका सोही ठाउँका ६८ वर्षिय पदमबहादुर राना मगर बेपत्ता भएका थिए । मगरको शव आज दिउँसो २ः४०को समयमा जंगल भित्र बाघले खाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।
खनालका अनुसार, मगर अन्य तीन जना सहित घाँस काट्न वन प्रवेश गरेका थिए । अन्य व्यक्ति सम्पर्कमा आएपनि उनी बेपत्ता थिए ।