चितवन असार २२
नारायणगढको हङकङ बजारस्थित BEEX RIDER कपडा पसलबाट कपडा चोरी गरी फरार रहेका दुई महिलालाई पक्राउ गरिएको छ।
असार २१ गते पसलबाट कपडा चोरी भएको सूचना प्राप्त भएपछि खोजतलास थालिएको थियो।पसल सञ्चालकले दिएको जानकारीका आधारमा प्रहरी र पीडितको सहयोगमा राति करिब ९:३० बजे ती दुई महिलालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका–५ स्थायी घर भई हाल भरतपुर–३ न्यूरोडमा डेरा गरी बस्ने ३६ वर्षीया अञ्जु प्रजा र भरतपुर–२६ दिव्यनगरकी ३८ वर्षीया बालकुमारी महतो रहेका छन्।
दुवै महिलालाई पीडित आफैले पहिचान गरी नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय नारायणगढमा बुझाइएको हो। हाल उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।