चितवन, असार १७
रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटऱ्याक्ट क्लब अफ नारायणी मिड टाउन र इन्टरऱ्याक्ट क्लब अफ नारायणी पब्लिक स्कूलको आयोजनामा ज्ञानको घर : प्रोजेक्ट लाइब्रेरीको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम गरिएको छ ।
सोमबार भरतपुर २१ मा रहेको श्री आधारभूत विद्यालय रंगिलामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि भूपेन्द्र श्रेष्ठ रहेका थिए भने सभापतिमा राजिव घिमिरे रहेका थिए । त्यस्तै, विशिष्ट अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शमशेर ढकाल, प्रध्यापक हरिकृष्णा अधिकारी र अतिथिहरुमा आइटिआर मोहित शर्मा, विराट घिमिरे, महेश कान, दिपक खनाल, रोटऱ्याक्टर इन्टराक्टरहरु रहेका छन् ।
ज्ञानको घर : प्रोजेक्ट लाइब्रेरी परियोजनाले विद्यार्थीहरूलाई पाठ्यक्रम बाहिरका शैक्षिक सामग्रीहरूमा पहुँच वृद्धि गराउँदै अध्ययनप्रति रुचि जगाउने अवसर प्रदान गरेको छ।
यसले उनीहरूमा आत्मअध्ययनको संस्कृति विकास गर्ने, सोच्ने र विश्लेषण गर्ने क्षमता बढाउने र प्रेरणादायी पुस्तकहरूको माध्यमबाट नियमित पढ्ने बानी बसाल्ने अपेक्षा गरिएको छ।
पुस्तकालयले विद्यालयमा सकारात्मक र ज्ञानमूलक वातावरण सिर्जना गर्नुका साथै विद्यार्थीहरूको व्यक्तित्व विकासमा योगदान पुर्याउनेछ। यस परियोजनाले रोटर्याक्ट, रोटरी, इन्टरेक्ट क्लब र विद्यालय समुदायबीचको सहकार्यलाई मजबुत बनाउँदै सामूहिक प्रयासमार्फत शिक्षा प्रवर्द्धनमा प्रेरक उदाहरण प्रस्तुत गरेको छ यस्तै कार्यक्रमलाई आउने दिनमा अगाडि बढाउने अध्यक्ष राजिव घिमिरेले जानकारी दिए ।