चितवन असार १६
भरतपुर महानगरपालिका–२, क्षेत्रपुरस्थित एपेक्स एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयका १४ जना विद्यार्थीहरुले परीक्षा दिएका थिए, जसमा ९ जना विद्यार्थीले ३.६ देखि ४.० जीपीए प्राप्त गरेका छन्।त्यस्तै, १ जना विद्यार्थीले ३.२ देखि ३.६ जीपीए र २ जना विद्यार्थीले २.८ देखि ३.२ जीपीए हासिल गरेका छन्।
विद्यालयका प्राचार्य दिनेश पुरीका अनुसार एपेक्स एकेडेमीले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ र आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने दिशामा संस्थाले आफूलाई प्रतिबद्ध बनाएको छ।
यसैबीच, विद्यालयले कक्षा ११ का लागि भर्ना प्रक्रिया प्रारम्भ गरिसकेको छ। असार १९ गते विहान ८ बजे र दिउँसो २ बजे प्रवेश परीक्षा सञ्चालन गरिने जानकारी दिइएको छ।
कक्षा ११ मा वायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट संकायहरूमा भर्ना खुला गरिएको छ। इच्छुक विद्यार्थी तथा अभिभावकहरूलाई समयमै सम्पर्क राख्न विद्यालयले आग्रह गरेको छ।