चितवन, असार १०-
कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) चितवन, निरन्तर शिक्षाकेन्द्रको आयोजनामा एन्टिमाइक्रोवियल प्रतिरोध (एएमआर) र वनहेल्थ प्रर्वधनका विषयक दुई दिने तालिम सम्पन्न भएको छ । सिएनआरएम कृषि कलेज पुरनचौकको सभाहलमा आइतबार देखी सुरु भएको तालिम सम्पन्न भएको हो ।
एडिबि जेनेक्स फाउण्डेशन र सथगुरुको सहयोगमा संचालित तालिमको समापन प्रमुख प्रा डा दुर्गा देवकोटाले गरेकी थिइन् । त्यस्तै, उनले सहभागीहरुलाई सटिफिकेट समेत वितरण गरेकी हुन् ।
त्यस्तै, निरन्तर शिक्षा केन्द्रको निर्देशक तथा तालिम संयोजक प्रा. डा. ओम प्रकाश सिंहले तालिमको उपयोगिताबारे प्रकाश पारेका थिए । कार्यक्रममा सनज्योती थापा र राजा राम पौडेलले आफ्ना कुराहरु राखेका थिए ।
पशु स्वास्थ्य अधिकृत पुष्पराज अधिकारीले पशुपालन व्यवसायमा देखिने व्यवहारिक चुनौतीहरूको बारेमा प्रकाश पारेका थिए भने कास्की र स्याङजा तालिममा ५० जना पशु स्वास्थ्य प्राविधिकको सक्रिय सहभागिता रहेको छ । सहभागिहरुलाई पशु स्वास्थ्य, औषधीको सुरक्षित प्रयोग, सरसफाइ, रोग नियन्त्रण र वनहेल्थ अवधारणाबारे व्यवहारिक तालिम प्रदान गरिएको छ ।
तालिममा डाक्टर शेखर पोखरेल, डाक्टर रुपक के.सी, डाक्टर अमर चौधरी र डाक्टर शत्रुधन शाहले प्रशिक्षण दिएका थिए । उक्त तालिममा प्रतिनिधिहरुको सक्रिय सहभागीता रहेको थियो ।