काठमाडौँ असार १०
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको विमान ओमानकाे मस्कटमा अवतरण गरेकाे छ।
सोमबार साँझ ६:३३ बजे काठमाडौँबाट उडेको कतार एयरवेज विमान इरानले दोहास्थित अमेरिकी बेसमा आक्रमण गरेपछि सुरक्षा सतर्कता स्वरूप ओमानमा डाइभर्ट गरिएको हो।
इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । कतारको हवाई क्षेत्र बन्द भएसँगै नेपाल एयरलाइन्सको दोहा उडानसमेत प्रभावित भएको छ । ११ बजे उडान तालिका रहेको नेपाल एयरलाइन्सको विमान कतारी हवाई क्षेत्र बन्दभएसँगै रोकिएको छ