चितवन, असार ९–
चितवनमा पछिल्लो दुई महिनामै १८ वटा चोरीका घटना भएका छन् । आज पत्रकार सम्मेलन गर्दै प्रहरीले दुई महिनामा भएको चोरीको घटनामा भएको सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसा वैशाख यता चोरीका १८ वटा मुद्दा दर्ता भएका छन् ।
चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा हालसम्म ३० जना पक्राउ परेको प्रहरी उपरीक्षक पुरीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा २५ जना पुरुष र ५ जना महिला छन् । प्रहरीले आज पछिल्लोपटक पक्राउ परेका ५ जनालाई समेत सार्वजनिक गरेको छ ।
यस्तै बरामद गरिएका मोबाइल फोन पनि सम्बन्धित व्यक्तिलाई प्रहरीले हस्तान्तरण गरेको छ । चोरी गर्नेहरु धेरैजसो चितवनमै बसोबास गरेका छन् भने केही मात्रै बाहिरी जिल्लामा बसोबास गरी यहाँ चोरीको घटनामा संलग्न भएका छन् ।