काठमाडौँ, ५ असारः
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सङ्क्रमण पुष्टि हुने भारतबाट आएका दुई जना रहेका छन् । कैलालीको गौरीफन्टा नाकाबाट नेपाल आएका दुवै जनाको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै सुदूरपश्चिममा जेठ २१ गतेदेखि गरिएको परिक्षणमा अहिलेसम्म २५ जनामा कोरोना संक्रमण देखिएको छ भने १६ जना संक्रमित ठिक भएका छन् । हाल सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ९ रहेको छ ।