काठमाडौँ ०४ असार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार मात्रै काठमाडौँ फर्किने भएका छन् । भरतपुर महानगरपालिकाद्वारा बनाइएको प्रज्ञा स्मार्ट पार्कको अवलोकन तथा विभिन्न कार्यक्रममा भाग लिन प्रचण्ड सोमबार चितवन आएका छन् ।
प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले उनी बुधवार फर्किने कार्यक्रम नभएको जानकारी दिए । प्रचण्ड काठमाडौँ फर्किएपछि निजामती विधेयक लगायतका विषयमा छलफल हुनसक्ने बताए । ‘अध्यक्ष भोलि काठमाडौँ फर्किएपछि प्रमुख तीन दलको बैठक दिउँसो ३ बजे बस्ने भनिएको छ’, आचार्यले भने ।
दुई बुँदे सहमति गरेर माओवादीले संसद्को अवरोध हटाए पनि रास्वपाले नाराबाजी जारी राख्दा शिक्षा, निजामती लगायत विधेयक प्रभावित हुने देखिन्छ ।