चितवन, असार २ –
प्याराडाइज इन्फोटेक चितवनले आगामी ९ गते बाट एक हप्ता निशुल्क आइटि तालिम सञ्चालन गर्न लागेको छ ।
कार्यक्रम +२ उत्तीर्ण विद्यार्थी, आइटि अध्ययनरत स्नातक तथा आइटि क्षेत्रमा करियर बनाउन चाहाने सबै उमेर समुहका लागि लक्षित गरि सञ्चालन गर्न लागिएको हो ।
प्याराडाइज इन्फोटेक चितवनका शाखा प्रमुख प्रमेश्वर धरेलका अनुसार “ केवल तालिम मात्र प्रदान नगरि विद्यार्थीहरुलाई दीर्घकालीन सोचसहित आइटि क्षेत्रमा करियर बनाउन सहयोग गर्ने र हजारौं नेपाली युवाहरूले आइटि क्षेत्रबाट देश तथा विदेशमा राम्रो आम्दानी गरिरहेका छन्। हामी चाहन्छौं इच्छुकहरूले छोटो अवधिमा गुणस्तरीय तालिम लिएर सीपमूलक रोजगारमा सजिलै प्रवेश गर्न सकुन् भन्ने उदेश्यले तालिम सञ्चालन गर्न लागेको उनले बताए ।
कार्यक्रममा सहभागीहरूले अनुभवी प्रशिक्षकहरूको नेतृत्वमा अन्तरक्रियात्मक कक्षाहरूमा प्रोजेक्ट वर्क, करियर काउन्सेलिङ, र बजारको मागअनुसार मार्गदर्शन प्राप्त गर्नेछन् । तालिममा सहभागी हुन चाहनेले यो अनलाइन फारम भर्नुपर्ने छ ।
https://docs.google.com/forms/d/e/1FAIpQLSdd_rNklI9rPajbDcVANouIEmYfNjQJ2FwhBvbmqn89n00zRw/viewform