चितवन, असार २
सामाजिक संस्था मुस्कान जीवन समुहको चौथो वार्षिक उत्सवको अवसरमा विद्यार्थी लक्षीत प्राथमिक उपचार तथा स्वास्थ्य सुरक्षा तालिमको अभियान सुरु गरिएको छ ।
संस्थाका अध्यक्ष घनश्याम ढकाल प्रेम साथै लेखा समिति संयोजक राजेन्द्र राज सुबेदीको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो ।
यसै क्रममा भरतपुर २६ अन्तर्गतका विद्यालयहरु कोहिलहा आधारभूत विद्यालय, भगडी प्राथमिक विद्यालय, खदौली आधारभूत विद्यालयमा विद्यार्थीहरूलाई प्राथमिक उपचार सम्बन्धी आधारभूत ज्ञान दिइएको थियो भने वर्षातको मौसम सुरु भए सँगै पानी र सर्पको टोकाईबाट बच्ने उपाए, करेंट लागेको, गला लागेको समस्याहरुमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो।
त्यस्तै, अरु विद्यालयहरु र टोलबिकास संस्थाहरुमा पनि यो अभियान निरन्तर रहिरहने संस्थाका अध्यक्ष ढकालले बताए ।