Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • १०. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

श्रीमान् साउदीमा फसे, यता परिवारको बिचल्ली

काठमाडौँ, जेठ ३१-
ऋणको गह्रुंगो भारी, दुई छोराको पढाइ खर्चको बोझ, त्यसमाथि साउदी अरेबियामा अलपत्र श्रीमान् । यस्तै(यस्तै तनावले थिचिएकी छिन्, सिरहा विष्णुपुर गाउँपालिका-३ कौवाहाकी सीतादेवी यादव ।

१९ जेठ बिहान उनको घर पुग्दा सीतादेवीको परिवार ठूलो चिन्तामा देखिन्थ्यो । सीतादेवी साउदीमा फसेका श्रीमान् विशेश्वर यादव अनि घरपरिवारको पीडादायी वृत्तान्त सुनाउँदै थिइन् ।

आर्थिक अवस्था अत्यन्त कमजोर ४१ वर्षीया सीतादेवीलाई छोरी प्रतिभाको बिहे र सासुआमा भाल्सरदेवीको किरिया गर्दा लागेको १५ लाख रुपैयाँभन्दा बढी ऋणको भारीले थिचेको छ । सम्पत्तिको नाममा भएको १२ कठ्ठा खेत अरूलाई अधियामा दिएकी छन् । जसको आधा अन्नले उनको तीनजनाको परिवारको चुल्हो जेनतेन बलेको छ ।

‘चार वर्षअघि ऋण उठाएर छोरी प्रतिभाको बिहे गरें । त्यसको एक वर्षपछि सासुआमा बित्नुभयो । उहाँको किरिया पनि ऋण काढेरै गर्नुपर्‍यो । केही वर्षदेखि विदेशबाट पैसा आउन छाड्यो । ऋण कसरी चुकाउने ?,’ सीतादेवीको चिन्ता छ ।

उनलाई सबैभन्दा पिर भने विदेशमा अलपत्र परेका श्रीमान् विशेश्वरकै छ । ९ वर्षअघि रोजगारीका लागि साउदी अरब गएका ४४ वर्षीय विशेश्वर केही वर्षअघिसम्म परिवारलाई खर्च पठाउँथे । तर पछिल्ला केही वर्षयता उनी त्यहीँ अलपत्र परेका छन् ।

उनी रियादस्थित एसएमजी कम्पनीमा मार्बल बनाउने मजदूरका रूपमा काम गर्थे । कम्पनीले तलब दिन छाडेपछि अहिले आफैं खान(लाउनसमेत नसक्ने अवस्थामा पुगेका छन् । भिसाको समय सकिएको छ । तर घर फर्कन पाएका छैनन् । अर्काको सहारामा बाँचिरहेका विशेश्वरलाई स्वदेश फर्कन नपाउँला कि भन्ने चिन्ताले सताइरहन्छ । यता, श्रीमती सीतादेवी र छोराहरू विशेश्वर फर्किने प्रतीक्षामा बसेका छन् ।

सीतादेवीका ३ सन्तानमध्ये छोरी प्रतिभाको बिहे भइसकेको छ । दुई छोरा १३ वर्षीय प्रमित यादव र ११ वर्षीय प्रविण यादव छन् । प्रमित हाल विष्णुपुर-२ स्थित जनता माध्यमिक विद्यालयमा कक्षा ८ र प्रविण कक्षा ६ मा अध्ययनरत छन् ।

श्रीमती सीतादेवीले श्रीमान्‌लाई घर फर्काउन वडाध्यक्ष जयकुमार यादव र गाउँका नेताहरूलाई गुहारेकी थिइन् । सुरुमा आश्वासन पाएपछि श्रीमान् फर्किने उनको आशा थियो । तर पछि ती नेताहरू ‘हामीबाट केही हुँदैन’ भनेर पन्छिएपछि उनी निराश भएकी छिन् ।

‘मैले वडाध्यक्षदेखि अरू नेतालाई पनि गुहारें । सुरुमा सहयोग गर्छौं भन्नुभयो तर पछि हामीबाट सम्भव छैन जवाफ दिनुभयो,’ सीता निराश हुँदै भन्छिन्, ‘अब श्रीमान्‌लाई कसरी फर्काउने रु ऋण कसरी तिर्ने रु छोराहरूलाई कसरी पढाउने रु यही चिन्ताले रातभर निद्रा लाग्दैन ।’

वडा नम्बर ३ की वडासदस्य निर्मला यादवका अनुसार सीतादेवी यादवको परिवारको अवस्था अत्यन्तै दयनीय बनेको छ । उनका श्रीमान् विदेशमै अल्झिरहेकाले घरमा खर्च चलाउन गाह्रो परेको छ ।

‘मैले यो घटनाबारे पछि मात्र थाहा पाएँ । स्थानीय जनप्रतिनिधिले केही पहल त गर्‍यौं तर फर्काउन सकिएन । अहिले सीता झन् समस्यामा छिन् । सबै मिलेर उनको उद्धार गरिदिनुपर्‍यो,’ वडासदस्य निर्मलाले भनिन् ।

विशेश्वर विदेशबाट वर्षौंदेखि घर फर्कन चाहन्थे । तर परिस्थिति यस्तो बन्यो, उनी न एक्ली छोरी प्रतिभाको बिहेमा सरिक हुन पाए, न त आमा भाल्सरदेवीको मुख हेर्न नै। आमा भाल्सरदेवीको धोको थियो- मर्नुअघि एकपटक छोराको मुख हेर्ने । उनको त्यो धोको अधुरै रह्यो । भाल्सरदेवीले छोराको प्रतीक्षामै संसार छाडिन् ।

‘मर्नुअघि एकचोटि छोराको मुख हेर्ने आमाको ठूलो इच्छा थियो । त्यसको लागि छोरा फर्कून् भन्ने चाहनुहुन्थ्यो,’ सीतादेवी भावुक हुँदै अतीत सुनाउँछिन्, ‘आमा सधैं सोधिरहनुहुन्थ्यो- मेरो छोरो कहिले आउँछ ? हामीले आमालाई अब आउनुहुन्छ भनेर ढाडस दिइरह्यौं । तर उहाँ छोरा खोज्दै बित्नुभयो ।’

विशेश्वरले सन् २००४ देखि २०१४ सम्म साउदी अरबको एउटै कम्पनीमा निरन्तर काम गरे । त्यो समय कमाइ राम्रै थियो । उनले ५ धुर घडेरीमा इँटाको पक्की घर बनाए । ३ कठ्ठा जमिनबाट थप ९ कठ्ठा जोडेर १२ कठ्ठा बनाए । तर सन् २०१६ मा पुनः त्यही कम्पनीमा फर्किंदा केही समयपछि अवस्था फेरियो ।

‘पहिला १० वर्ष काम गर्दा राम्रै थियो । त्यही विश्वास लिएर दोस्रो पटक पनि त्यस कम्पनीमै फर्किएँ,’ विशेश्वर भन्छन्, ‘सुरुका दुईरतीन वर्ष ठिकै रह्यो । १५-१६ सय रियाल तलब पाउँथें । तर पछि तीनरचार महिना काम गरेपछि मात्रै एक महिनाको तलब दिन थाल्यो । आफैं खान-लाउन गाह्रो हुन थाल्यो । घरमा पैसा पठाउने त कुरै भएन ।’

विशेश्वरका अनुसार त्यहाँ कार्यरत्त मजदूरहरूले बाध्य भएर केही वर्षअघि कम्पनीविरुद्ध मजदूर कोर्टमा मुद्दा हाले । त्यसपछि कम्पनीका मालिक झन् रिसाए र तलब नै दिन रोकिदिए । यस कारण विशेश्वरसहितका नेपाली मजदूरहरू समस्यामा परे । कम्पनीले न उनीहरूलाई कामअनुसार तलब दिन्छ, न त भिसा लगाएर स्वदेश फर्काउन चाहन्छ । साउदीस्थित नेपाली दूतावासमा पटक(पटक गुहार मागे पनि सुनुवाइ नभएको विशेश्वरको गुनासो छ ।

‘मुद्दा हाल्दा पनि कम्पनीलाई केही फरक परेन । उल्टै रिसाएर कम्पनीले तलब दिन नै छोडिदियो । अहिले न तलब दिन्छ, न भिसा लगाएर घर पठाउँछ । नेपाली दूतावासले समेत वास्ता गरेको छैन,’ विशेश्वरले दुखेसो पोखे ।

विशेश्वर अहिले भाइ पर्ने रामचन्द्र यादवको डेरामा शरण लिएर बसिरहेका छन् । आफूसहित फसेकाहरूलाई उद्धार गरिदिन विशेश्वरको गुहार छ । यता श्रीमती सीताले आफ्ना श्रीमानलाई घर फर्किने वातावरण मिलाइदिन आग्रह गरेकी छिन् ।

Chitwan Aaja चितवन आज
शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

ताजा समाचार

सबै

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने

आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.