भरतपुर जेठ ३१
भरतपुर महानगरपालिका वडा नं–३, नारायणी पुलबाट हाम फालेकी महिलाको सकुशल उद्धार गरिएको छ ।
नामथर वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला हाम फाल्नेबित्तिकै तत्काल स्थानीयले मोटर बोटद्वारा उद्धार गरी भरतपुर सरकारी अस्पतालमा उपचारपश्चात् शनिबार बिहान ३ः०० बजे डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।