चितवन, जेठ १६ –
चितवनमा भोलि ‘संस्थागत विद्यालयको योगदान, अबसर र चुनौती’ विषयमा बृहत शैक्षिक बहस हुने भएको छ ।
जनमानसमा संस्थागत विद्यालयले पुऱ्याएको योगदानका बारेमा जानकारी गराउने मुख्य उद्देश्य राखेर बहसको आयोजना गरिएको आयोजकले आज पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
सिराईचुली होटलमा भोलि हुने बहसमा सहभागि हुन आम शिक्षा प्रेमी एवम् जनप्रतिनिधिहरुलाई प्याब्सनले आह्वान गरेको छ ।