चितवन, जेठ ४ –
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ मा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
ज्वालामुखी गाउँपालिका, रोटरी क्लव अफ नारायणी मिड टाउन र रोटर्याक्ट क्लव अफ नारायणी मिड टाउनको आयोजनामा जेठ ३ गते शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको हो । चितवन एभरेष्ट हस्पिटल र मङ्गलम डेन्टल केयरको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको हो ।
स्थानपति आधारभुत विद्यालय ज्वालामुखी गाउँपालिका ७ मा सम्पन्न स्वास्थ्य शिविरमा ५६८ जना सहभागी भएका रोटर्याक्ट क्लव अफ नारायणी मिड टाउनका अध्यक्ष राजिव घिमिरेले जानकारी दिए । ५६८ मध्ये जनरल फिजिसियन तर्फ १६९ जना, हाडजोर्नी तथा नसा रोग तर्फ १५४ जना, आँखा जाँच तर्फ १२६ जना, दन्त सेवा तर्फ ४५ जना, बाल रोग तर्फ ६ जना, छाला रोग तर्फ २७ जना र महिला रोग तर्फ ४१ जनाले सेवा लिएको अध्यक्ष घिमिरेले जानकारी दिए । उनका अनुसार स्वास्थ्य शिविरमा ५० वटा चस्मा समेत वितरण गरिएको थियो ।