Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, माघ २६, २०८२
☰
Logo सोमबार, माघ २६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

  • ४. इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

  • ५. फलोअपका लागि अस्पताल जाँदै रवि, चितवन– २ मा घरदैलो गर्ने तयारी

  • ६. निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

  • ७. कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

  • ८. महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

  • ९. चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ३७ गोही प्रकृतिमा छाडियो

  • १०. काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा

मदन भण्डारीको शव प्राप्त भएको गाँजीपुरमा स्मृति सभा

चितवन, ५ जेठ –
‘जनताको बहुदलीय जनवाद’ का प्रणेता, नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता स्व.मदन भण्डारीको रहस्यमय जीप दुर्घटनापछि शव प्राप्त भएको चितवनको गाँजीपुरमा आज स्मृति सभा गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनले आज मदन–आश्रितको स्मृतिमा सभा गरेको हो ।

जेठ ३ गते दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनापछि आजैको दिन (जेठ ५ गते) भरतपुर महानगरपालिका वडा नं. १७ गाँजीपुरमा भण्डारीको शव प्राप्त भएको थियो ।

मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवालीले यदि मदन भण्डारीको विचार नभएको भए अहिले नेकपा (एमाले) क्रमशः मोहनविक्रमकै हालतमा हुने बताउनुभयो । समयको सापेक्षतामा, समयको गतिमा नीतिहरुको परिवर्तन हुँदै जाने भन्दै ज्ञवालीले भन्नुभयो “माक्र्सवादको सिर्जनात्मक विकास र प्रयोग अहिलेको आवश्यकता हो ।”

विगतमा हिंसात्मक संघर्ष चलाउनेहरु पनि १० वर्षपछि मदन भण्डारीको नाउ लिएर वा नलिएर जनताको बहुदलीय जनवादको बाटोमा आउन बाध्य भएको ज्ञवालीको भनाई थियो । उहाँले भन्नुभयो “माओवादीले जनताको नाउँमा चलाएको हिंसात्मक आन्दोलनको अवशान भयो, जनताको बहुदलीय जनवाद स्थापित भयो ।” माओवादीलाई यो कुरा स्वीकार गर्न गाह्रो भईरहेको भन्दै पोलिटब्यूरो सदस्य ज्ञवालीले भन्नुभयो “यो कुरालाई अझै पनि स्वीकार गर्न गाह्रो छ भने, कानलाई सिधै समाउन अप्ठ्यारो छ भने, घुमाएर समाउनुहोस् तर योभन्दा अर्काे बाटो छैन ।”

अब माओवादीहरुले हिँड्ने बाटो पनि जनताको बहुदलीय जनवाद भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “जनताको अभिमत लिएर, जनताबाट अनमोदित भएर, जनताको हितमा प्रयोग गर्ने गरी अघि बढ्ने यही जनताको बहुदलीय जनवाद हो ।”

सभामा बोल्दै एमाले केन्द्रीय सदस्य यमबहादुर परियारले कुनै पनि कम्युनिष्ट पार्टीलाई सही दिसामा अघि बढाउनका लागि पार्टीको राजनीतिक कार्यदिशा सही हुनु पर्ने बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अघि बढाउने नेतृत्व नेकपा (एमाले) ले गरिरहेको उहाँको भनाई थियो ।

सन् ९० को दशकमा विश्व कम्युनिष्ट आन्दोलनमा खडेरि परिरहेको समयमा र पूँजीवादीहरुले ‘अब संसारमा साम्यवाद रहने छैन’ भनिरहेको कठिन परिस्थितिमा मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको उत्कृष्ट विचारले नेपालमा कम्युनिष्ट आन्दोलन सफल भएको परियारको भनाई छ । उहाँले भन्नुभयो “यही विचारले एमाले यहाँसम्म आईपुगेको हो ।”

जनताको बहुदलीय जनवाद हेर्दा एमालेको विचार भए पनि छरिएर रहेका कम्युनिष्टहरुलाई त्यसले सकारात्मक प्रभाव पारेको उहाँले बताउनुभयो ।

एमाले वागमती प्रदेश उपाध्यक्ष एवं पूर्व मन्त्री दावा दोर्जे लामाले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीलाई विश्व कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्ने देखेपछि ‘जुनसुकै मूल्यमा मदन भण्डारी रह्यो भने नेपालमा मात्रै होइन, विश्वभरि नै कम्युनिष्ट आन्दोलन फैलिन्छ र यो कार्यक्रमले विश्वभरि नै कब्जा गर्छ’ भन्ने उद्देश्यले योजनाबद्ध ढंगले स्वदेशी तथा विदेशी शक्तिले मदन भण्डारीको हत्या गरेको बताउनुभयो । यसको वास्तविक हत्यारा को हो ? अहिलेसम्म पत्ता लगाउन नसकिएको भन्दै उहाँले भन्नुभयो “कुनै दिन पत्ता लाग्छ भन्ने मलाई लाग्छ ।”

मदन भण्डारी नभए पनि उहाँले ल्याएको नीति कार्यक्रम बोकेर हिँडेका कारण अहिले एमाले सरकारमा पुगेको लामाले बताउनुभयो । उहाँले भन्नुभयो “जबजलाई शसक्त ढंगले आम जनतासम्म पु¥याउनु हामी सबैको दायित्व हो ।”

एमाले वागमती प्रदेश कमिटी सदस्य एवं फाउण्डेशनका केन्द्रीय सदस्य राम न्यौपानेले मदन भण्डारी गुमाउँदा नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो विचारक गुमाएको बताउनुभयो । जनताको बहुदलीय जनवादले विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ उचाई प्राप्त गरेको न्यौपानेको भनाई छ । नेकपा (एमाले) जब जब सत्तामा पुग्छ तब तब नयाँ कार्यक्रमहरु आउँछन् । ती नयाँ कार्यक्रम ल्याउने विचारको भण्डार जबज भएको उहाँको भनाई थियो ।

मदन भण्डारी फाउण्उडेशन चितवन अध्यक्ष एवं सभाका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले फाउण्डेशन स्थापनादेखि हालसम्म भएका कामहरुको चर्चा गर्नुभयो । उहाँले फाउण्डेशनले स्थापनासँगै वैचारिक र राजनीतिकसँगसँगै सामाजिक र आर्थिक विकासको काम गरेको बताउनुभयो । समाजको अहिलेको अवस्थालाई परिवर्तन गर्दै अगाडि लैजानु फाउण्डेशनको उद्देश्य रहेको चर्चा गर्दै अध्यक्ष डा. भट्टराईले भन्नुभयो “वैचारिकसँगै सामाजिक र आर्थिक परिवर्तनलाई सँगैसँगै अगाडि लैजानु पर्छ ।”

समग्र नारायणी नदी किनारसँगै गाँजीपुर क्षेत्र र दासढुंगा क्षेत्रको सँगसँगै विकास गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो “यी दुई ठाउँलाई आर्थिक रुपान्तरणको केन्द्र बनाएर अगाडि बढ्नु पर्छ भनेर लागिपरेका छौं ।” गाँजीपुरको समग्र परिवर्तन के गर्दा हुन्छ भन्ने कुरा अध्ययन गरेर केही परिवर्तनको कामहरु भएको भन्दै अध्यक्ष डा. भट्टराईले भन्नुभयो “दासढुंगादेखि गाँजीपुर हुँदै गोलाघाटसम्मको विकासलाई एकीकृत गरेर लैजानु पर्छ ।”

दासढुंगा–गाँजीपुर एकीकृत विकास परियोजनाको नाममा समिति तयार गरी विज्ञहरुको टोली सहित यस क्षेत्रको विकासको अध्ययन गरी खाका तयार गरिएको भन्दै उहाँले भन्नुभयो “त्यो खाका हामीले केन्द्र र प्रदेश सरकारलाई पठाएका छौं ।”

फाउण्डेशनका सचिव श्याम बिष्टले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एमाले भरतपुर १७ का वडा अध्यक्ष तुल्सीराम पाण्डेले स्वागत गर्नुभएको थियो भने फाउण्डेशनका उपाध्यक्ष शम्भु सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा मदन भण्डारी फाउण्डेशन चितवनका पदाधिकारी तथा सदस्यहरु, एमाले जिल्ला, प्रदेश, केन्द्रीय समितिका विभिन्न तहमा रहेका नेताहरु, युवा, विद्यार्थी, जनप्रतिनिधि सहित ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

बि.सं. २०५० साल जेठ ३ गते नारायणगढ–मुग्लिन सडक खण्डको दासढुंगामा नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सवार जीप रहस्यमय दुर्घटनामा परेको थियो । आश्रितको शव दासढुंगामा नै भेटिएको थियो भने भण्डारीको शव घटना भएको तीन दिनपछि गाँजीपुरमा भेटिएको थियो ।

मदन भण्डारी फाउण्डेशन चितवनले दासढुंगा र गाँजीपुरलाई राजनीतिक तीर्थस्थलको रुपमा विकास गर्दै विभिन्न पर्यटकीय पूर्वाधार निर्माणमा समन्वय गर्दै आएको छ भने वैचारिक र राजनीतिक छलफलका कार्यक्रम पनि गर्दै आएको छ ।

Chitwan Aaja चितवन आज
सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मासु खानेक्रममा हड्डी अड्किएर एक महिलाको मृत्यु
जेनजी आन्दोलन : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय
वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

ताजा समाचार

सबै

मासु खानेक्रममा हड्डी अड्किएर एक महिलाको मृत्यु

जेनजी आन्दोलन : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

संसद् विघटनले विधायन प्रक्रिया प्रभावितः मन्त्री सिन्हा

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

स्कटल्याण्डले इटालीलाई दियो २०८ रनको लक्ष्य

चितवन क्षेत्र नम्बर १ः महिला मतदाता बढी उम्मेदवार कम

अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक धुलिखेल सडक

बाँकेमा ७५ थान हातहतियार बुझाइयो, गाउँगाउँमा मतदाता शिक्षा दिँदै निर्वाचन आयोग

४१ सयले बढेपछि सुनको मूल्य पुुग्यो ३ लाख ४ हजार ६००

एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस् : मन्त्री गौतम

प्रतिनिधिसभा सदस्य निर्वाचनः ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

  • ४.
    इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

  • ५.
    फलोअपका लागि अस्पताल जाँदै रवि, चितवन– २ मा घरदैलो गर्ने तयारी

  • ६.
    निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.