– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, जेठ ३ –
चितवनको भरतपुर महानगरपालिका १६ मा रहेको आधारभुत विद्यालय मोहनपुरमा हावाहुरीले वितण्डा मच्चाएको छ ।
गत वैशाख १४ गते परेको चट्याङले गर्दा विद्यालयका २८ थान पंखासहित अधिकांश विद्युतीय सामग्रि बिग्रिएको विद्यालयका प्रधानाध्यापक कुमार लौडारीले चितवन आजलाई जानकारी दिए । त्यसैगरी जेठ १ गते हावाहुरीले विद्यालयको छानो र जिप्सन उडाएर थप क्षति पुगेको उनले जानकारी दिए ।
सबै कोठाका पंखा बिग्रिएका छन् भने माथिल्लो कोठाको छाना उडाएको छ । विद्यालयमा आर्थिक स्रोतको अभाव हुँदा बिग्रिएका विद्युतीय उपकरण र उडाएको छाना छाउन समस्या भएको उनले बताएका छन् ।
विद्यालयका शिक्षक सुरेश रानाभाटका अनुसार चितवनको चर्काे गर्मीमा विद्यार्थीहरु पंखा बिना नै पढ्न बाध्य छन् भने गर्मीका कारण पढाउन पनि समस्या भएको छ ।
विद्यालयलाई सहयोग गर्न सरोकारवाला निकाय, समाजसेवी र शिक्षाप्रेमीहरुलाई विद्यालयले आह्वान समेत गरेको छ । सहयोग गर्न चाहनेहरुले विद्यालयको ९८५५०७३०१८ नम्बरमा सम्पर्क गर्न विद्यालयले आग्रह गरेको छ ।