चितवन, जेठ २ –
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा आफ्नै बाबुले दुई छोरा छोरीको धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् ।
४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा ५ वर्षका साजन गिरी र आफ्नी ७ वर्षकी छोरी प्रभा गिरीलाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।
छोरा छोरीलाई धारिलो हतियार प्रहार गरेपछि दयाले आफूले पनि आत्महत्याको प्रयास गरेका थिए । घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । घटनापश्चात तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएको थियो । चितवन मेडिकल कलेज स्रोतका अनुसार बच्चा दुवै जनाको मृत्यु भइसकेको छ भने बाबुको उपचार भइरहेको छ ।
घटनाको छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । निज गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक रुपमा बुझिएको प्रहरीले जानकारी दिएको छ ।