चितवन, बैशाख २७ –
भरतपुर–५, विकाश चोकमा रहेको अर्बिट स्कुलमा संघीय निर्वाचनको झल्को दिनेगरी विद्यार्थीहरु बिच निर्वाचन सम्पन्न भएको छ ।
विद्यार्थी नेतृत्व चयनको लागी आयोजना गरिएको उक्त निर्वाचनमा कक्षा ४ देखि कक्षा १० सम्ममा करिव ६०० जना विद्यार्थीहरुले प्रत्यक्ष रुपमा उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
मतदान कार्यक्रममा २३ जना विद्यार्थी उमेदवार मैदानमा उत्रिएका थिए । सो निर्वाचनबाट स्कुल नेतामा प्रतिमा मोक्तान, उपनेतामा सलिना गौतम चयन भए । यस्तै, रेड हाउस प्रमुखमा आर्या गिरी, उपप्रमुख संगम न्यौपाने, ग्रीन हाउस प्रमुखमा सफल तिमिल्सिना, उपप्रमुखमा सन्ध्या बस्याल, ब्लु हाउस प्रमुखमा आरिफ आलम र उपप्रमुख सुशान्ति गुरूङ र एलो हाउस प्रमुखमा प्रिन्स श्रेष्ठ र उपप्रमुखमा सुशान्त ढुङ्गाना निर्वाचित भएको विद्यालयका इन्चार्ज नारायण गौतमले जानकारी दिए ।
निर्वाचन कार्यक्रमको सुरक्षा प्रबन्ध अर्बिट स्काउट ट्रुपले गरेको थियो । कार्यक्रममा निर्वाचन अधिकृतको भूमिका विद्यालयका इसिए संयोजक विदुर घिमिरेले गरेका थिए ।









