Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, मंसिर २३, २०८२
☰
Logo मङ्गलबार, मंसिर २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

लोकप्रिय समाचार

  • १. आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ४. हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ७. आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ८. चितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेको विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना

  • ९. विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

  • १०. मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

गोरखा, वैशाख २७

शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाइ । यहाँको पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुक्किए, शिक्षक हुन् कि परीक्षार्थी भनेर ।

तर उहाँ हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुनुहुन्छ । यहाँस्थित भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत उहाँ हाल अमरज्योति जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहनुभएको छ । कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट १० परीक्षार्थी भित्र पर्नुभएका विकलाई कक्षा १२ पनि सजिलै उत्तीर्ण गर्छु भन्ने आत्मविश्वास छ । “अङ्ग्रेजी विषयमा चाहिँ एक दुई वटा वटा प्रश्नका उत्तर लेख्न सकिँन, तर फेलै चाहिँ भइन्न होला”, उहाँले भन्नुभयो, “अब बाँकी विषय त सजिलै छन् । आफ्नै शैलीमा लेख्न सक्छु ।”

उहाँ २०५५ सालमा नेपाल प्रहरीको सहायक निरीक्षकबाट सेवानिवृत्त हुनुभएको हो । कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरीमा भर्ती हुनुभएका उहाँले २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट ‘प्राइभेट’तर्फ एसएलसी दिनुभएको थियो । “त्यतिबेला प्राइभेट टेस्ट दिन पाइन्थ्यो । टेस्टमा पास ग¥यो भने जति कक्षा पढेकाले पनि एसएलसी दिन पाउँथे । मैले पनि त्यसरी नै टेस्ट दिएर एसएलसी दिएको हो”, उहाँले भन्नुभयो । तर त्यतिबेला जागिर खाँदै पढ्ने कुरा सजिलो थिएन । एसएलसी दिने बेला पनि ‘सिनियर कमान्डर’हरूले नपढोस् भनेर धेरै काम लगाउने गरेको उहाँ सुनाउनुहुन्छ ।

“दलितको छोरो पढेर हामीभन्दा ठूलो हुने भयो भनेर सिनियरहरूले खुबै पेल्थे । तर जसोतसो एसएलसी दिएँ । तेस्रो श्रेणीमा उत्तीर्ण पनि भएँ”, उहाँले भन्नुभयो, ‘पहिला गाउँकै स्कुल पढ्न पनि पैसा लाग्थ्यो । हामी चार भाई, एक बहिनी थियौँ । आर्थिक अभावका कारण पढाइ छोड्नु प¥यो । तर, मनबाट शिक्षाको भोक हराएन ।”

उहाँ पढाइलाई निरन्तरता दिन चाहनुहुन्थ्यो । तर, घर व्यवहार र आर्थिक अभावका कारण निरन्तरता दिन सक्नुभएन । “छोराछोरी जन्मिसकेका थिए । आफ्नो रहरमात्र हेरेर भएन । घर व्यवहार पनि चलाउनु प¥यो”, विगत सम्झँदै विकले भन्नुभयो, “पेन्सन आएपछि पनि पढ्ने अनुकूलता मिलेन । अहिले छोराछोरीहरू सबै हुर्किए । बिहेबारी भइसक्यो । अब पढ्नलाई सहज छ । त्यसैले फेरि कक्षा ११ मा भर्ना गरेर पढ्न थालेको हुँ ।” कक्षा १२ पछि स्नातकमा कानुन विषय लिएर पढ्ने इच्छा उहाँको छ ।

“पहिलेदेखि कानुन पढ्न मन थियो । अब कक्षा १२ पास गरेपछि कानुन पढ्छु । मलाई कानुन पढेर जागिर गरौँला भन्ने छैन । ढिलै भए पनि यति कक्षासम्म पढेको छु भनेर गर्व गर्न पाइयोस् ।” चार छोरा, एक छोरी र श्रीमतीसहितका परिवार भएका विकका छोराहरु वैदेशिक रोजगारीमा छन् । उनीहरुले पनि बुवालाई पढ्न प्रोत्साहन गर्नुका साथै सहयोग गरेको विक बताउनुहुन्छ । ढल्कँदो उमेरमा पनि शिक्षाप्रतिको उहाँको मोह देखेर विद्यालयका शिक्षकहरुले ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने भनाइ पुष्टि भएको बताउने गरेका छन् ।

यस वर्ष गोरखाबाट तीन हजार ७५० जना विद्यार्थीहरूले सहभागिता जनाएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका अनुसार यो वर्ष नियमिततर्फ दुई हजार चारसय ७६ र ग्रेड वृद्धितर्फ एक हजार २५० जना परीक्षार्थीहरू कक्षा १२ को परीक्षामा सहभागी छन् । रासस

Chitwan Aaja चितवन आज
शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एनपिएलमा अर्धशतक बनाउनेको सङ्ख्या ३६ पुग्यो
ग्रीनल्याण्डमा पिबिएल मेला : सनराइज स्कुल हाजिरी जवाफमा प्रथम
सुदुरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

ताजा समाचार

सबै

एनपिएलमा अर्धशतक बनाउनेको सङ्ख्या ३६ पुग्यो

ग्रीनल्याण्डमा पिबिएल मेला : सनराइज स्कुल हाजिरी जवाफमा प्रथम

सुदुरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

इन्डोनेसियाको ड्रोन कम्पनीमा आगलागी, १८ जनाको मृत्यु

सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै

राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन (तस्वीरहरू)

सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु

२०४६ यता उच्चपदस्थ सबैको सम्पत्ति दोहोर्‍याएर छानबिन गर्न प्रचण्डको माग

भन्सार एजेण्टद्वारा ‘पेन डाउन’को घोषणा

गौतमबुद्ध क्रिकेट रङ्गशालाको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

देउवाले भने अन्तिमपटक डडेल्धुराबाट चुनावी प्रतिस्पर्धा गर्छु

चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ?

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ४.
    हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech