– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, जेठ २९ –
भरतपुरको रिजाल चोकमा अवस्थित एरोटेक इन्टरनेशनल स्कुलले एयरहोस्टेस बन्न चाहनेहरुका लागि निःशुल्क सेमिनार गर्ने भएको छ ।
एयरहोस्टेस बन्न चाहनेहरुलाई परामर्श दिने उद्देश्यले सेमिनार सञ्चालन गर्न लागिएको एरोटेकका सञ्चालक सुमन भट्टले बताए ।
उनका अनुसार आगामि असार १ गते अर्थात जुन १५ का दिन १० बजेदेखि ४ बजेसम्म एरोटेक स्कुलमा सेमिनार गर्न लागिएको हो । सेमिनारमा सहभागि हुन चाहनेहरु ढिलोमा ३ बजेसम्म स्कुलमा पुगिसक्नु पर्ने छ ।
एयरहोस्टेस भनेको के हो ? यो पढ्न विद्यार्थीको छनोट कसरी हुन्छ ? संसारमा एयरहोस्टेसहरुको माग के छ ? एयरहोस्टेसको तलब स्केल के कति हुन्छ ? अन्र्तराष्ट्रिय एयरलाइन्सहरुमा एयरहोस्टेस छनोट प्रक्रिया कस्तो हुन्छ ? त्यसका लागि अन्तर्वार्ता दिने तरिका के हो ? र एयरहोस्टेसमा केके पढाइ हुन्छ ? भन्ने कुराहरुका बारेमा सेमिनारमा जानकारी गराइने भट्टले बताए ।
भट्टका अनुसार सेमिनारमा सहभागी हुन तथा एयर होस्टस बन्नका लागि जुनसुकै विधाबाट कम्तिममा प्लस टु उत्तीर्ण भएको हुनुपर्छ । १८ वर्ष पुगि ३० वर्ष ननाघेको हुनुपर्छ ।
५ फिटभन्दा माथिको उचाइ हुनुपर्छ । यस्तै राम्रो देखिने व्यक्तित्व हुनुपर्छ यसको अर्थ राम्री भन्ने होइन । अनुहार वा हातमा कुनै दाग हुनुहुँदैन । शरीरमा देखिने खालका कुनै पनि ट्याटूहरु हुनु हुँदैन ।