चितवन, बैशाख १० –
रिक्सपेट ड्राइभर भन्ने उद्देश्यका साथ ड्राइभर भिसामा जापान जानेहरुका लागि चितवनको लागि आधिकारिक संस्था ड्राइभ इन जापानले बृहत सेमिनारको आयोजना गरेको छ ।
शनिबार भरतपुरमा सम्पन्न सेमिनारमा दुई सय भन्दा बढी व्यक्तिहरुहको सहभागिता रहेको थियो । सहभागीहरुले भिषा प्राप्त गरेपछि मात्र लाग्ने रकम बुझाउनु पर्नेछ ।
ड्राइभर भिसामा जापान जानको लागि युवाहरुले निकै चासो देखाएको ड्राइभ इन जापानका सिईओ सन्देश अर्यालले जानकारी दिए । सेमिनारमा सहभागीहरुले भिषा प्राप्त गर्नको लागि गर्नुपर्ने प्रक्रिया र भिषा प्राप्त भएपछि गरिने प्रक्रियाका विषयमा जानकारी लिएका थिए ।
ड्राइभर भिसामा जापान जानेहरुको लागि सीट सीमित भएकोले प्रारम्भिक प्रक्रिया मार्फत सहभागीहरु छनौट गरिनेछ । छनौटमा परेका सहभागीहरुलाई जेएफटि तयारी, जेएफटी स्किल टेष्ट तयारी, अन्तर्राष्ट्रिय ड्राइभिङ्ग प्रशिक्षण, सैद्धान्तिक र प्रयोगात्मक ड्राइभिङ प्रशिक्षण, क्यान्टिन सेवा, जापानी भाषा कक्षा लगायतका विषयममा सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान प्रदान गरिने सिईओ अर्यालले बताए । सहभागीहरुले भिषा लागेपछि मात्र शुल्क बुझाउनु पर्नेछ भने यसअघि कुनै पनि शुल्क नलाग्ने अर्यालले जानकारी दिए ।