चितवन, चैत ३०
हनुमान जयन्तीका अवसरमा आज मारवाडी सेवा केन्द्र नारायणगढले निशान यात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
भरतपुर १ मा रहेको हरिहर मन्दिरबाट शुरु भएको निशान यात्रा बजार परिक्रमा गरी न्यु रोड (चौतारी मार्ग ) स्थित सेवा केन्द्रको प्रागनमा रहेको मन्दिर पुगेर त्यहाँ भगवान हनुमानजिको प्रतिमामा निशान चढाइएको थियो ।
यसरी निशान उठाएर चढाउँदा मनको इच्छा पुरा हुने मान्यता रहेको मारवाडी सेवा केन्द्र नारायणगढ मन्दिरका उप समितिका संयोजक पवन बन्शलले जानकारी दिए ।
उनका अनुसार आजको निशान शोभा यात्रा मा ९५ जना श्रदालु भक्तजनले निशान उठाएका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार