चितवन, जेठ २८ –
टिकौली जङ्गलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
भरतपुर ८ गौरीगन्ज बस्ने अन्दाजी ४५ वर्षीय पुरुष जङ्गलमा झुण्डिएको अवस्थामा शव फेला परेका हुन् । प्रहरीले मृतकको नाम गोप्य राखेको छ ।
आज (शनिबार) बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ भने शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा लगिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।