चितवन, चैत ११
दान आशा फाउण्डेशनले एक वर्षमा एउटा माध्यमिक विद्यालय र तीन वटा आधारभुत विद्यालयका ४२ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
यसै शैक्षिक सत्रमा दान आशा फाउण्डेसनले आर्दश माध्यमिक विद्यालय दिव्यनगरमा कक्षा ८ का ३ जना, कक्षा ९ का १२ जना र कक्षा १० का १२ जना, राष्ट्रिय आधारभुत खद्रौलीमा कक्षा ७ का ३ जना र कक्षा ८ का ३ जना, कोईला आधारभुत विद्यालयमा कक्षा ७ का ३ जना र कक्षा ८ का ३ जना र रातापुर आधारभुत विद्यालय रोदी गाउँमा कक्षा ८ का ३ जना गरी जम्मा ४२ जना विपन्न गरीव अपाङ्ग जेहेन्दार छात्राहरुको गुणस्तरीय शिक्षाको माध्यमबाट छात्राहरुको क्षमता अभिवृद्धि गराउने उदेश्यले उक्त छात्रवृद्धि प्रदान गरिएको हो ।
दान आशा फाउण्डेसनले विगत ३ वर्ष देखि निरन्तर रूपमा विभिन्न विद्यालयहरुमा सहयोग गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापकहरुले बताए । विपन्न, गरिब, अपाङ्ग एवम् जेहेन्दार शिक्षामा छोरीहरुको पुहुँच बढाउने उद्देश्यले छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनले छात्रारुको सम्पूर्ण अध्ययन खर्च र कापी, कलम, पुस्तक, परीक्षा शुल्क साथै अत्तिरिक्त कक्षा शुल्क, ड्रेस, जुत्ता लगायत सम्पूर्ण खर्च उपलब्ध गराई सहयोग गर्दै आइरहेको विद्यालयले जनाएको छ ।
दान आशा फाउण्डेसनका कार्यक्रम संयोजक डमरबहादुर गुरुङले विद्यार्थीहरु अनुशासित भएर पढ्ने बानी बसेको र विद्यार्थीहरुले राम्रो अंक ल्याएर उर्तिण गरेकोमा खुसी व्यक्त गर्दै उने वर्षेनी छात्रवृद्धि कार्यक्रम निरन्तरता हुने बताए ।
अध्यक्ष सीता गुरुङ, सदस्यहरु डा.रीता गुरुङ्ग, प्रा.डा. गीता गुरुङ्ग, डा. एलिना गुरुङ्ग, नोरा गुरुङ्ग, सल्लाहकारहरुमा जुद्द बहादुर गुरुङ्ग, इ. जितेन्द्र कुमार गुरुङ्ग, सिरिग गुरुङ्ग र चितवन कार्यक्रम संयोजक डमर बहादुर गुरुङ्ग रही ललितपुरमा मुख्य कार्यालय रहेको दान आशा फाउण्डेशनले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।