Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, फागुन २९, २०८२
☰
Logo शुक्रबार, फागुन २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • १०. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

मनस्थिति राम्रो बनाउने यी हुन् पाँच थरी व्यायाम

बुई थू (बीबीसी विश्व सेवा)
धूमिल आकाश, सुस्त माहोल वा आरामदायी ओछ्यानबाट बाहिर निस्कनै मन नलाग्ने कुनै त्यस्तो दिन हुन सक्छ जतिखेर तपाईँले बाहिरबाट मगाएको खानेकुरा बुझ्ने काम नै पनि निकै कष्टकर लाग्छ। तपाईँलाई अल्छी लागेको, निरश महसुस भइरहेको बेला मनमा क्षणक्षणमा नयाँनयाँ कुरा उब्जिरहेको हुन्छ र तपाईँलाई आफ्नै भावना भारी लाग्छ।

तर कुरा यस्तो हो : अल्छी लाग्ने कुरा तनावसँग जोडिएको हुन्छ। सुखद कुरा चाहिँ के हो भने यो कुनै रोग होइन र तपाईँ पुरानै सहज अवस्थामा फर्कन सक्नुहुन्छ। तपाईँका अगाडि उज्ज्वल दिनहरू रहेको विश्वास गर्नुहोस्। यहाँ तपाईँको मनोभाव बलियो राख्न र ऊर्जाको तहलाई पुनः तङ्ग्राउनका लागि केही विज्ञानमा आधारित तथ्यहरू प्रस्तुत गरिएका छन्।

व्यायामको महत्त्व

यति तपाईँ बाहिरबाट मगाइएको खानेकुरा बुझ्नका लागि उठ्नुभयो भने त्यसलाई उक्त अग्रसरता जारी राख्नका लागि सुरुवाती कदमका रूपमा बुझ्नुहोस्। सन् २०१९ मा अमेरिकाको हार्बर्ड मेडिकल स्कूलले गरेको एक अध्ययनले हरेक ससाना गतिविधिको योगदान हुने उल्लेख गरेको छ।

यदि तपाईँ राम्रो र विस्तृत स्वरूपको जिम अभ्यास मन पराउनुहुन्छ भने त्यसलाई जारी राख्नुहोस्। तर यदि त्यो तपाईँको वशको कुरा होइन भने पनि सामान्य रूपले नै उठ्ने र हलचल गरिरहनुले पनि धेरै फरक पार्छ। अध्ययनहरूका अनुसार नियमित शारीरिक गतिविधि गर्नाले तनाव कम हुन्छ, मनस्थिति राम्रो हुन्छ र चिन्ता तथा तनावको जोखिम कम गर्छ।

प्राध्यापक स्कट लिअर फाइजर हर्ट एन्ड स्ट्रोक फाउन्डेशनका मुटुरोग रोकथाम अनुसन्धान एकाइका अध्यक्ष हुन्। क्यानडाको भ्यान्कूभरस्थित सेन्ट पोल्ज अस्पतालमा कार्यरत उनी सबैभन्दा राम्रो व्यायाम भनेको जसमा जो सबैभन्दा रमाउँछ, त्यही नै हुने बताउँछन्।

“व्यायामलाई मनस्थिति र मानसिक स्वास्थ्यसँग जोड्ने धेरैजसो अध्ययनहरू मध्यमखाले गतिविधिमा केन्द्रित छन्। नियमित रूपमा सक्रिय रहने मानिसहरूमा निराशा र तनावजस्ता मानसिक बिमारको सम्भावना कम हुन्छ।”

त्यसको सफलताको राज भनेको छोटो र सहज राख्नु हो। “व्यायाम गर्नमा म अल्छी र उत्साहित नभएको महसुस हुन सक्छ, तर एकपटक व्यायाम गरिसकेपछि म धेरै सतर्क र खुसी महसुस गर्छु,” प्राध्यापक लिअर भन्छन्।

“मनस्थितिका बारेमा अध्ययन गर्दा मैले देखेको सबैभन्दा छोटो गतिविधि १० मिनेटको हो। यसर्थ छोटो अवधिको गतिविधि पनि लाभदायक हुन सक्छ।”

आम दिनचर्याबाट पर

जेम्स (परिवर्तित नाम)ले अफ्रिकी युद्धक्षेत्रमा काम गरेपछि १० वर्षअघि पोस्ट ट्रम्याटिक स्ट्रेस डिसर्डर (पीटीएसडी)का कारण जागिर छाडे। अहिले लन्डनमा आफ्ना सन्तान हुर्काइरहेका उनी दैनिकजसो आफूलाई सकारात्मक मनस्थितिमा राख्नका लागि भन्दै जिम जाने गर्छन्।

“खाली हातका लागि राक्षसले काम बनाउँछ। निश्चित दिनचर्याको अभावमा तपाईं नकारात्मक विचारहरूको सिकार हुनुहुने छ र त्यसरी सोच्न थाल्नुहुनेछ,” उनले भने। जिमखानामा हुने व्यायामहरू आफूलाई निरस लाग्ने गरे तापनि जेम्सले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यका लागि त्यो महत्त्वपूर्ण मान्छन्।

“त्यसलाई सघाउन मैले अरू केही गर्नुपर्छ – साइक्लिङ वा रोइङ्गका बेला पड्कास्ट सुन्नेजस्तोI म यो काम कहिल्यै पनि पूर्ण रूपमा बन्द गर्न सक्दिनँ। तर यसलाई म दैनिक जीवनबाट टाढा लैजाने कुराका रूपमा हेर्छु।”

व्यायाम कि औषधिउपचार

प्राध्यापक लिअर धेरैजसो हकमा औषधिभन्दा पहिले व्यायामको प्रयास गरिनुपर्ने सुझाउँछन्। पाकिस्तानी सहर कराचीका एक साइकोथेरपिस्ट राबिआ अग्हा भावनात्मक समस्याका लागि व्यायाम चिन्ताको औषधिभन्दा निकै उपयोगी हुन सक्ने बताउँछिन्।

“उनीहरू मनोपरामर्शदाताकहाँ भन्दा मनोचिकित्सककहाँ जान्छन्। उनीहरूलाई सामान्य रूपमै औषधि दिइन्छ,” उनले बीबीसीसँग भनिन्। “उनीहरू मनस्थिति सुधार्न खोजिरहेका हुन्छन्। उनीहरू समस्या सुल्झाउन खोज्छन्… उनीहरू अस्थायी समयका लागि खुसी हुन चाहन्छन्।” उनी व्यायामले औषधिलेजत्तिकै काम गर्ने र त्यो लामो समय टिक्ने बताउँछिन्।

भेनेजुएलाकी मानसिक स्वास्थ्य सम्बन्धी थेरपिस्ट पिकी मार्खेज व्यायामसँगै औषधोपचारको आफ्नै भूमिका हुने बताउँछिन्। “त्यो समग्रतामा हुनुपर्छ,” उनले बीबीसीसँग भनिन्। “मकहाँ सेवा लिन आउने ड्रिप्रेशन भएका केही मानिसहरू [व्यायाम] गर्छन् र त्यो उनीहरूका लागि राम्रो हो। र उनीहरू भन्छन् : ‘म औषधोपचार गर्छु’ र त्यसपछि औषधोपचारले नतिजा दिन्छ।”

मनस्थिति राम्रो बनाउने पाँच थरी व्यायाम

१. एरोबिक अभ्यास

हिँड्ने, दौडने, साइकल चलाउने र पौडी खेल्ने गर्नाले तनाव र चिन्ता कम हुन्छन्। जम्मा १५ मिनेट दौडिने वा छिटोछिटो एक घण्टा हिँड्दा पनि तपाईंको मनस्थिति निकै राम्रो हुन्छ र मुटुको स्वास्थ्य तथा शक्तिमा सुधार हुन्छ।

अध्ययनहरूका अनुसार २० देखि ३० मिनेटको एरोबिक व्यायामले घण्टौँसम्म शरीरलाई स्थिर बनाइराख्छ।

२. बलयुक्त कसरत

भारोत्तोलन र ‘बडीवेट वर्कआउट’जस्ता प्रतिरोधात्मक व्यायामहरूले डिप्रेशनका लक्षणहरू कम गर्ने, आत्मविश्वास बढाउने र पाचनप्रणालीको स्वास्थ्य र तनाव प्रतिरोधात्मक क्षमतामा सुधार गर्ने गर्छ। शारीरिक गतिविधिहरू कहिलेकाहीँ भन्दा पनि नियमित गर्नुले यस्ता लाभहरू लिन सकिन्छ।

३. योग र मानसिक एवं शारीरिक अभ्यासहरू

तपाईंलाई योग र ताई चीले आराम गर्न र तनाव कम गर्न सघाउँछ। सातामा दुईदेखि तीनपटक, दैनिकजसो ६० देखि ९० मिनेटसम्म योगाभ्यास अभ्यास गर्नाले कोर्टिसोलको स्तर कम हुन्छ र संयमता तथा सन्तुलनको भावना बढ्छ।

४. धेरै बल पर्ने विरामसहितको अभ्यास (हीट)

यदि तपाईँ उल्लेखनीय नतिजाहरू प्राप्त गर्दै कम समय व्यायाम गर्न चाहनुहुन्छ भने त्यसको लागि मुख्य रूपमा त्यसको तीव्रता बढाउन आवश्यक छ। आधिकारिक निर्देशिकाहरूले सुझाएअनुसार ७५ मिनेटको कडा क्रियाकलाप गर्नु भनेको १५० मिनेटको मध्यम व्यायामको बराबर हुन सक्छ। धेरै बल पर्ने विरामसहितको अभ्यास (हीट) मा छोटा तर तीव्र गतिविधिहरू समावेश हुन्छन्। यसको प्रभावकारिताका कारण पनि त्यो लोकप्रिय भइरहेको छ।

५. दैनिक सक्रियता

सिँढी चढ्ने, हिँड्ने वा घरायसी काम गर्नेजस्ता साधारण गतिविधिहरूले समग्र गतिविधिमा योगदान पुर्‍याउँछन्। कम्तीमा १५ मिनेट उच्च गतिको क्रियाकलाप वा एक घण्टाको कम गतिको व्यायामले डिप्रेशनको जोखिम कम गर्छ।

जीवनशैलीमा काम गर्दा उभिने, खाली समयमा शरीर तन्क्याउने वा गाडी चलाउनुको सट्टा हिँड्नेजस्ता ससाना परिवर्तनले दैनिक सक्रियता बढाउन मद्दत गर्छ।

भर्खरै सुरुवात गर्न चाहिरहेका वा आफूलाई सुस्त महसुस गर्नेहरूले एकै चोटि ठूला तथा अस्पष्ट लक्ष्यहरू राख्नुको साटो ससाना र ठोस कदमबाट सुरु गर्नु राम्रो हुन्छ। जस्तै, हप्तामा तीन पटक पाँच मिनेट पैदल यात्रा गर्ने प्रतिबद्धता एउटा हुन सक्छ। व्यायाम गर्ने साथी हुनुले पनि तपाईँलाई प्रेरणा दिन सक्छ।

व्यायामसँग जोडिएको विज्ञान

तपाईँलाई के अझै ढाडसको आवश्यकता छ? अझै तपाईँ उत्प्रेरित हुन सक्नुभएन? त्यसो हो भने भान्छा वा बगैँचामा काम गर्नुहोस्। वा हाइकिङ जानुहोस्। अथवा उत्प्रेरक पड्कास्ट सुन्दा कसो होला ?

एक प्रेरणादायी ‘टेड्टक’मा स्नायुवैज्ञानिक वेन्डी सुजुकीले व्यायामले स्वस्थ मस्तिष्कमा पुर्‍याउने योगदान उल्लेख गर्दै त्यसमा जोड दिएकी छन्।

पहिलो प्रभाव : व्यायामले दिमागमा तत्कालै प्रभाव पार्छ। एक पटक मात्रै कसरत गर्दा पनि शरीरमा डोपामाइन, सेरोटोनिन र नोराड्रेनालाईनको स्तर बढ्छ र तपाईँको मनस्थिति तुरुन्तै सुधार हुन्छ।

दोस्रो प्रभाव : स्नायुविज्ञानसम्बन्धी अध्ययनहरूमा लामो समय गरिने व्यायामको प्रभावस्वरूप तपाईँको एकाग्रतामा सुधार हुने देखिन्छ।

तेस्रो प्रभाव : नियमित व्यायामले दीर्घकालीन प्रभाव पार्छ। यसले मनस्थिति राम्रो बनाउनका लागि हाम्रो शरीरमा एक कोषबाट अर्को कोषमा सूचना पुर्‍याउने रासायनिक सन्देशवाहक तत्त्व बढाउन मद्दत गर्छ। (बीबीसी नेपालीबाट)

Chitwan Aaja चितवन आज
मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

ताजा समाचार

सबै

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने

आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.