Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, पुष २८, २०८२
☰
Logo सोमबार, पुष २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ७. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ८. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • ९. हेर्नुस आज मिति २०८२ पौष २२ गते मंगलवारको राशीफल

  • १०. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

चितवन मेडिकल कलेजमा ६ जनाको सफल कलेजो प्रत्यारोपण : के भन्छन् बिरामी ?

चितवन, जेठ २८ –
कलेजो प्रत्यारोपणपछि जाजरकोटका भरतविक्रम शाहीले पुनर्जीवन पाएका छन्। नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उनी दंग परेका छन्।

सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका जाजरकोटको कुसे गाउँपालिका–९ निवासी शाही अहिले तन्दुरुस्त छन्। अहिले पूर्ववत् रुपमा आफ्ना काममा जुट्न सक्ने भएका छन् उनी।

पुनः परीक्षणका लागि चितवन मेडिकल कलेज आएका शाहीले खुसी हुँदै सँगै रहेका चिकित्सकलाई पुनर्जीवन दिएकोमा धन्यवाद दिए। गत वर्षको असार १८ गते शाहीले यसै मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गरेका थिए। डा।सञ्जयकुमार यादवको समूहले शाहीको कलेजो प्रत्यारोपण गरेको थियो।

‘कलेजोको सिरोसिस भएपछि पहिलेकै अवस्थामा फर्किन्छु भन्ने लागेकै थिएन,’ शाहीले भने, ‘अहिले नयाँ जीवन पाएको अनुभव गरेको छु। मेरो पुनर्जन्म भएको छ। यो खालको जीवन पाउँला भन्ने सोचेको पनि थिइन्।’

शाहीले अहिले स्वास्थ्य मात्रै राम्रो पाएका छैनन्, पूर्ववत् अवस्थामा नियमित काम गर्नसक्ने भएका छन्।

कलेजो प्रत्यारोपण गर्दा लाग्ने रकम, आफन्तभित्रै कलेजो दाता खोज्नुपर्ने, रगतको समूह र अन्य कुरा मिल्नुपर्ने समस्या पार गर्दै आफ्नै श्रीमतीबाट कलेजो लिएर प्रत्यारोपण गरेका शाही अहिले फूर्तिलो मात्रै छैनन्, शिक्षण पेसासँगै बिहान बेलुका श्रीमतीलाई व्यापारमासमेत सघाउँदै आएका छन्।

‘अहिले मेरो स्वास्थ्य सोचेभन्दा धेरै राम्रो छ। पहिलेको जस्तै सक्रिय रुपमा काम गर्न सक्ने भएको छु,’ शाहीले भने, ‘दिउँसो विद्यालयमा पढाउँछु, बिहान बेलुका घरमा व्यापार छ, श्रीमतीलाई व्यापारमा सघाउँछु । स्वास्थ्यका हिसाबले कुनै गारोसाह्रो परेको छैन।’

कलेजो रोग लाग्ने सुरुआती चरणमा खुट्टा, पेट फुल्ने, कहिलेकाहीँ ‘फेन्ट’ ९चक्कर० होला जस्तो हुने, एकोहोरो हुने, आफ्नै दिमाग ठीक छ कि छैन जस्तो हुने लक्षण देखिएको उनको अनुभव छ।

त्यतिबेला पेट फुलेर आफैँलाई लाज लाग्ने खालको भएको उनले बताए। शाहीको विसं २०७८ फागुनदेखि नै कलेजोमा समस्या देखिएको थियो। त्यसपछि भारतको लखनउ गएर तीन पटकसम्म परीक्षण गराएका शाहीले जाजरकोटबाट १५–१५ दिनमा लखनउ जानुपर्ने बाध्यता थियो।

त्यहाँका चिकित्सकले ८० प्रतिशत कलेजो खराब भइसकेको र औषधि खायो भने निको हुन्छ भन्ने गरेको उनी अहिले पनि सम्झन्छन्। गत वर्ष लकडाउन भएपछि भारत जान नसकेपछि उनी नेपालगञ्जको मेडिकल कलेजमा परीक्षणको लागि आइ पुगे। त्यहाँका चिकित्सकले कलेजो खराब भइसकेको र प्रत्यारोपण ग¥यो भने बाँच्न सकिने नत्र बाँच्ने सम्भावना कम भएको बताएपछि उनी काठमाण्डौं हुँदै चितवन आइपुगेका हुन्।

काठमाडौँको टिचिङ अस्पतालमा केही समयसम्म परीक्षण गराएर छिटो प्रत्यारोपणका लागि उनी चितवन मेडिकल कलेजमा पुगेका थिए । ‘कलेजो प्रत्यारोपण गर्नुपूर्व कतै श्रीमान् श्रीमती दुवै जना अप्ठ्यारोमा पर्छौ किरु वा एक जनालाई कुनै अप्ठ्यारो हुन्छ वा जटिलता आउँछ किरु भन्ने डर लागिरहेको थियो’, उनले भने, ‘अरुको भन्दा पनि मेरो केस जटिल थियो । चिकित्सकले ९० प्रतिशत सफल हुन्छ, १० प्रतिशत फेल पनि हुनसक्छ भनेका थिए। मैले जसरी भए पनि प्रत्यारोपण गरिदिनुहोस् भनेर चिकित्सकलाई मैले अनुरोध गरेँ।’

कलेजो प्रत्यारोपणपछि गाउँपालिकाले पाँच लाख उपचार खर्च दिने नियम नै बनाएको छ । सोहीअनुसार आफूले पनि पाँच लाख सहयोग पाएको उनले बताए। साथीभाई, इष्टमित्रको सहयोगबाट खर्च जुटाएर कलेजो प्रत्यारोपण गराएको उनको भनाई छ।

आफूले पाएको नयाँ जीवन शैक्षिक गुणस्तर सुधारसँगै सामाजिक क्षेत्रमा बिताउने उनको योजना छ। कलेजो बिग्रिएकालाई समयमै प्रत्यारोपण गर्न उनले सुझाब दिए।

‘समयमै प्रत्यारोपण गरियो भने खर्च पनि कम हुन्छ । जीवन पनि सफल हुन्छ, बाच्न सकिन्छ । प्रत्यारोपण गर्न डर मान्यो भने खर्च उत्ति नै हुन्छ, परीक्षण गर्न गइरहनुपर्छ । औषधि खाइरहनु पर्छ,’ शाहीले भने।

डा। यादव कलेजो प्रत्यारोपण गरेर पुनः पहिलेकै जस्तो स्वस्थ हुन सकिने बताउँछन्। ‘कलेजोको सिरोसिस भएर पेटमा पानी जमेको, जण्डिस भएको छ, मुखबाट रगत वान्ता भएको छ, बेहोस हुनुपर्ने अवस्था छ, रगतमा प्लेटलेसको सङ्ख्या कम छ र ७० देखि ८० प्रतिशत कलेजो ड्यामेज भइसकेको छ भने त्यस्ता व्यक्तिको ६ महिनादेखि २ वर्षको आयु हुन्छ’, डा।यादवले भने, ‘त्यस्ता व्यक्तिलाई कलेजो प्रत्यारोपण गरियो भने भरतविक्रम शाहीजस्तै सामान्य जीवनमा फर्किन सक्नु हुन्छ।’

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले हालसम्म छ जनाको कलेजो प्रत्यारोपण गरिएको जानकारी दिए। ‘कलेजो प्रत्यारोपणका लागि अब विदेश जानु पर्दैन,’ न्यौपानेले भने, ‘विश्वका अन्य मुलुकमा भएका आधुनिक प्रविधि र उपकरणसहितको दक्ष चिकित्सक हाम्रै कलेजमा छन्।’ रासस

Chitwan Aaja चितवन आज
शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने
उज्यालो नेपाल समेटिएपछि यस्तो बन्यो राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूची

ताजा समाचार

सबै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

उज्यालो नेपाल समेटिएपछि यस्तो बन्यो राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूची

बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

देउवालाई शेखरले भने, ‘पार्टी फुट्ने भयो, मिलाउनुस्’

पार्टी फुटको संघारमा छ, त्यो हुन नदिन लागेका छौं : सुनिल शर्मा

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या, इनारमा भेटियो शव

बीमा बोर्डले भुक्तानी नगरेपछि टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

चितवन आएका हिउँदे आगन्तुक जलपक्षी गणना सकियो

पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन : देउवा

आज देशभरको मौसम मुख्यतया सफा रहने

चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा

गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन

चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन : महामन्त्री थापा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.