माधव सापकोटा
फागुन २६, चितवन
भरतपुर -४, धर्मचोक , लंकुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरको ५० औं ब्रह्मोत्सव एवम् मन्दिरद्वारा संचालित गुरुकुलको ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित “श्रीमद्भागवतज्ञानमहायज्ञसहित – साङ्ग श्रीलक्ष्मीवैकुण्ठनाथ स्वर्णब्रह्ममहोत्सव- २०८१”मा १०८ घडाद्वारा भगवान्का चल- अचल विग्रहहरूको तिरुमञ्जन / महाभिषेक सम्पन्न भएको छ।
आज नै गुरुकुलमा अध्ययनरत विद्यार्थीहरूलाई तुलसीराम सापकोटाले स्थापना गरेको लीलाधर सापकोटास्मृति पुरस्कार वितरण गरिएको थियो। महोत्सवमा मन्दिरमा लामो समयसम्म सेवा गरेबापत श्रीदेवी सापकोटालाई अभिनन्दन पत्र र दोसल्लाले सम्मान गरिएको छ।
महोत्सवको अन्तिम दिन भोलि फागुन २७ गते तदीयाराधना / भण्डाराको कार्यक्रम रहेको आयोजक समितिले जानकारी दिएको छ।
मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यको संरक्षकत्व र लक्ष्मीनारायण मन्दिर पाङ् , पर्वतका पीठाधीश स्वामी डा. कमलनयनाचार्य रिजालको प्रधान आचार्यत्वमा चलिरहेको महोत्सवमा दैनिकरूपमा युवा कथावाचक गुरुकुलका पूर्व विद्यार्थी सन्तोष रामानुजदासले सङ्गीतमय श्रीमद्भागवत कथा- प्रवचन गरिरहनुभएको छ।