चितवन, जेठ २७
मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा भरतपुरको चौबिसकोठीमा एयर होस्टेस र एयर होस्टेसका विद्यार्थीहरुले दीप प्रज्वलन गरेका छन् ।
आज शुक्रबार साँझ एजुर एभिएशन एकेडमी र कम्पास एभिएशनमा अध्ययनरत एयरहोस्टेसका विद्यार्थीहरुले दीप प्रज्वलन गरेका हुन् । विमान दुर्घटना भएको १३ दिनका दिन मृतकको सम्झानामा दीप प्रज्वलन गर्दै समवेदना प्रकट गरिएको हो ।
जेठ १५ गते आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार सबै २२ जनाकै मृत्यु भएको थियो ।
दीप प्रज्वलन कार्यक्रममा भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनाल, एभिएशनका शिक्षकशिक्षिका, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।